३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

हङकङबाट बालगृहलाई एक लाख सहयोग



मोरङ । मोरङको उर्लाबारी–७ स्थित नमूना बालगृहलाई हङकङबाट एकलाख चारहजार सहयोग प्राप्त भएको छ । हङकङमा रहनुभएकी उर्लाबारी–७ की अनिता सुब्बाको संयोजनमा सहयोग संकलन गरेर पठाइएको सो रकम गृहकी अध्यक्ष मीनादेवी बराललाई बिहीबार जीवन बचाउ उपचार सेवा गृह, उर्लाबारीका अध्यक्ष सागर राईले हस्तान्तरण गर्नुभएको थियो ।
सुब्बासहित हङकङमा रहेका ३० जनाको समूहले गृहद्वारा सञ्चालित अक्षयकोषमा सो रकम सहयोग गर्नुभएको हो । गृहमा आश्रित बालबालिकाको जीविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले सो रकम सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने सहयोगी सुब्बाले बताउनुभयो ।
नमूना बालगृहमा विभिन्न जिल्लाका ४३ जना बालबालिका आश्रित रहेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार  ४ : २७ बजे