२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

दुई महिनादेखि अवरुद्ध खानेपानी सञ्चालनमा


११ आश्विन २०७३, मंगलबार  

0
Shares

गुल्मी, ११ असोज । गुल्मीको मुसिकोट र बडागाउँ गाविसमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी दुइमहिनामा मर्मतपछि सञ्चालनमा आएको छ ।

दलिङ गाविसको पासेखोलाबाट आउने खानेपानी विगत दुई महिनादेखि पौदीअमराई र नेटा गाविसका विभिन्न स्थानमा अविरल वर्षाको कारण खानेपानीका पाइप पहिरोले बगाएपछि अवरुद्ध बनेकोमा लामो समयपछि विभिन्न स्थानमा मर्मत सम्भार गरेपछि सञ्चालनमा ल्याइएको मुसिकोट–बडागाउँ खानेपानी उपभोक्ता समितिका सचिव मदन घिमिरेले जानकारी दिनुभयो ।

झन्डै ३२ किलोमिटर टाढा दलिङ गाविसको पासेखोलाबाट ल्याइएको खानेपानीको मर्मत सम्भार गरेतापनि बीचबीचमा जडान गरिएका पाइप टुटफुट भइरहँदा र पाइप जीर्ण बन्दै जाँदा खानेपानी पटकपटक अवरुद्ध हुने समस्या भइरहेको समेत उपभोक्ता समितिका सचिव घिमिरेले जानकारी दिनुभयो ।

खानेपानी सुचारु हुँदा दुई गाविसका झन्डै ५०० घरधुरीका उपभोक्ता लामो समयपछि आफ्नो नजिकका धारामा खानेपानी आउँदा निकै खुसी भएका छन् । रासस

Sagarmatha

प्रकाशित मिति : ११ आश्विन २०७३, मंगलबार  ४ : ५५ बजे