थ्री स्टारले सिक्किमलाई प्रतिद्वन्द्वी पायो

0 Shares

काठमाडौँ, १२ असोज । भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालको थ्री स्टार क्लबले सिक्किम युनाइटेड प्रतिद्वन्द्वी पाएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुनेछ । समुह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले सेमिफाइनलमा समूह ‘बी’को उपविजेता घरेलु टोली सिक्किमलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो । मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशको बोनगोबिर ओग्रगामी क्लबलाई १–० ले पराजित गर्दै सिक्किम आफ्नो समूहको उपविजेता बन्न सफल भयो ।

गुवाहाटीको नेहरु स्टेडियममा आज दिउँसो ४ बजे हुने पहिलो सेमिफाइनलको विजेताले उपाधिका लागि इस्ट बङ्गाल र सिलोङ लाजोङ फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि समूह चरणका खेलमा थ्री स्टारले दुई बराबरी र एक जित दर्ता गरेको थियो । प्रतियोगिताको विजेताले रु १६ लाख र उपविजेताले रु आठ लाख प्राप्त गर्नेछन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार