मेरो जीवनको सबैभन्दा दुःख लागेको दिन वि.सं. २०४९ सालमा दोस्रो छुट्टी आएको थियो । त्यो बेला मेरो सपरिवार हामी ओखलढुंगामै बस्थ्यौं । त्यो बेला काठमाडौं आउने काम परेकाले म र मेरो परिवार आएका थियौं । त्यो बेला घरबाट हिड्दा आमा ठीकै हुनुहुन्थ्यो । तर काम सकेर ओखलढुंगा फर्किदा बाटैमा आमा बित्नु भयो भनेर अपुष्ट खबर सुनियो भनेर गाउँलेले सुनाए । त्यो बेला अहिलेको जस्तो टेलिफोनको सुविधा थिएन । तर घरमा पुग्दा अपुष्ट सुनिएको खबर पुष्टि भयो । आमाले हामीलाई सदाको लागि छोडेर जानु भएको रहेछ । मेरो राम्रै आर्थिक अवस्था भएर पनि आमा बिरामी भएको अवस्थामा एक रुपैँयाको सिटामोल पनि खुवाउन पाईन । त्यो क्षण नै मेरो जीवनको सबैभन्दा नरमाइलो घटना भयो ।
गाउँमा बेलायती सेनाको बारेमा चर्चा परिचर्चा कम्ती हुँदैनथ्यो । गाउँभरिका युवाहरु बेलायती सेनामा भर्ती हुनको लागि विहान र बेलुकी अभ्यास गर्ने लर्को नै चलेको थियो । गल्लावाल मार्पmत छनौट हुने बेलायती सेनामा भर्ती हुँनका लागि त्यो बेलाका युवाहरु तछाँडमछाँड गर्दै भर्ती हुन जान्थे । त्यो लर्को देखेर मलाई पनि बेलायती सेनामा भर्ती हुने रहर जागेर आयो । त्यही रहरले मलाई कक्षा १० को सेन्ट अफ टेष्ट परीक्षा दिइसकेपछि तत्कालै बेलायती सेनामा भर्ती खुल्यो । म पनि त्यसबेला भर्तीहुन गए । त्यही बेलादेखि म पनि बेलायती सेनामा भर्ती भएर हङकङ गए ।

किशोरावस्थाबाट युवा अवस्थामा प्रवेश गर्दै गर्दा बेलायती सेनामा भर्ती भएका इमानसिं बाहिङले ११ वर्ष मात्र सेनामा काम गर्ने अवसर पाए । बेलायतले विश्वका विभिन्न मुलुकलाई बनाएको उपनिवेश हस्तान्तरण गर्दै जाँदै थियो । त्यही बेला हङकङलाई पनि उपनिवेशमुक्त बनाउँने बेलायतको पहिल्यै चीनसँग सम्झौता भएको थियो । त्यही सम्झौता अनुसार हङकङ बेलायतको उपनिवेश मुक्त भयो । हङकङमा भएका १२ हजारभन्दा बढी बेलायती सेनामा भएका नेपालीहरुले अवकाश लिएर घर फर्कन बाध्य पारियो ।
वि. सं. २०२१ साल साउन १० गते ओखलढुंगा जिल्लाको उँबु गाउँ विकास समिति वडा नं. ६ सानो जुरेमा बुबा पानजीत राई र आमा भुनामाया राईको कान्छो सन्तानको रुपमा इमानसिं बाहिङको जन्म भएको थियो । बाहिङको बाल्यकाल सानो जुरेकै पाखा पखेरामा उकाली ओराली गर्दै बित्यो । उनले प्रारम्भिक शिक्षा बुबाबाट घरमै सिके । अनौपचारिक शिक्षा बुबाबाट लिए पनि बाहिङको औपचारिक शिक्षा भने उँबु गाविसकै राज्यलक्ष्मी प्राथमिक विद्यालयबाट शुरु गरेका थिए । गाउँको किसान परिवारमा जन्मिएका बाहिङले जीवनमा केहि गर्नुपर्छ भन्ने सपना देखेका थिए । त्यो सपना आज पूरा भएको छ ।
वि. सं. २०४० सालमा रुम्जाटार माध्यमिक विद्यालयबाट बाहिङले सेन्ट अफ टेष्ट परीक्षा दिइसकेका थिए । उनी एलएलसीको तयारीमा जुटिरहेका थिए । त्यसैबेला ओखलढुंगामा बेलायती सेनाका लागि भर्ती खुल्यो । बाहिङ पनि बेलायती सेनामा भर्ती हुनका लागि गए । उनी बेलायती सेनामा भर्ती भए ।
‘ब्रिटिस सेनामा भर्ती भएपछि अनुशानको नियम एकदमै मिहीन ढंगबाट पालना गर्नु पर्ने रहेछ । त्यो अनुशासनमा बसेर आपूmले पाएको जिम्मेवारी पूरा गरे । सेनामा तालिम सकिएपछि कसम ख्वाउँदो रहेछ, दुश्मन भएर परिवारका सदस्य र बाबाआमा जो आएपनि मार्छु भनेर कसम खाँदा नरमाइलो लाग्यो’ बाहिङले भने । तालिम सकिएपछि पल्टनमा पनि विभिन्न विधाहरु हुँदो रहेछ । जसमा मैले क्वीन्स गोर्खा इञ्जीनियर्समा काम गर्छु भने । मैले रोजेको पल्टन प्राविधिक थियो, जुन पल्टनमा काम गर्न धेरै गाह्रो हुन्थ्यो तर त्यसमा प्राविधिक कुराहरु सिक्ने अवसर पनि पाए । जसले गर्दा आज म यो स्थानमा आइपुगेको छु ।
म भर्ती भएको समयमा सोझै बेलायत लैजाँन थियो । त्यो बेला बेलायतले उपनिवेश बनाएको हङकङ बेस बनाएर बस्नु पथ्र्यो । केहि पल्टका सेनाहरुमात्र आलोपालो गरेर बेलायत लैजाने चलन थियो । बेलायती सेनामा भर्ती भएपनि अधिकांश नेपाली मूलका बेलायती सेनाले हङकङमै फौजी जीवन बिताएका थिए ।
हामी सन् १९८४ को इन्टेक हौं । इन्टेक भनेको पल्टन हो । हाम्रो भाग्य भनौं या दुर्भाग्य । सन् १९९७ मा बेलायतको उपनिवेश हङकङ चाइनालाई हस्तान्तरण गर्ने सम्झौता भइसकेको रहेछ । जुनबेला हामीले बेलायती सेनाले गर्नु पर्ने सम्पूर्ण तालिम सकेर पदक तथा पदोन्नती पाउने अवस्थामा थियौं । तर त्यही बेला बेलायतले उपनिवेश हस्तान्तरण कार्यक्रम भएकाले त्यो हामीले पाउने पद तथा पदोन्नती त्यसै रोकियो । तत्कालै हङकङबाट बेलायती सेनामा भर्ती भएका नेपालीहरुलाई विस्तारै अवकास दिन थालियो । अवकास पाउनेमा हाम्रो पल्टन पनि परेको थियो । म सन् १९९५ को जनवरी १७ तारिखमा अवकाश लिएर नेपाल आइपुगेको थिए ।
हङकङबाट एकै पटमा १२ हजारभन्दा बढी बेलायती सेनामा भर्ती भएका नेपालीहरुलाई अवकाश दिएको थियो । जुनबेला हङकङ बेसमा ३ हजार ५ सय मात्र बेलायती सेना राख्ने कोटा थियो । त्यो कोटामा हामी परेनौं । त्यत्रो १२ हजारभन्दा बढी बेलायती सेनामा भर्ती भएर लामो समयसम्म काम गरेकाहरुलाई बेलायत सरकाले अवकाश दिएर ठूलै गल्ती गरेको हाम्रो ठम्याई छ । नेपालमा आइसकेपछि अधिकांश वेलायती सेनाका अवकाश प्राप्त साथीहरु एक÷दुई कोठा भाडामा लिएर बालबच्चा काठमाडौंमै राखेर पढाउन थालेका थिए । मैले पनि त्यही बाटो पछ्याए । हामी सबैले आफ्नो बालबालिकालाई पढाउनु पर्छ भन्ने ध्यान हुन्थ्यो ।

नेपालमा आईसकेपछि केहि महिना भौतारिएर दिन कटाउनु भन्दा अर्को कुनै थिएन । अधिकांश अवकाश प्राप्त बेलायती सेनाहरुको दैनिकी यसरीनै बितिरहेको थियो । नेपालमा यसरी भौतारिएर बस्नुभन्दा विदेश गएर श्रम बेचेरै भएपनि आफ्नो छोराछोरीलाई राम्रो विद्यालय, क्याम्पसमा पढाउने मनसाय हामीमा बढेको थियो । विदेश जान धेरै कसरत गरियो । तर अहिलेको जस्तो नेपाली कामदार विदेशमा लैजाने चलन पनि एकाध मात्र थियो । पेन्सनले मात्र काठमाडौंमा परिवार पाल्न धौ धौ नै पथ्र्यो । त्यो बेला पेन्सनले कोठाभाडा र खान पनि राम्रोसँग पुग्दैनथ्यो । त्यसपछि हामी गोर्खा आन्दोलनमा साथ दिँदै आन्दोलन ग¥र्यौं । गोर्खा आन्दोलन उत्कर्षमा पुग्दै गर्दा नेपालमा पनि प्रजातन्त्र आएको थियो । जुन बेला सहकारीको भर्खरै चर्चा चलिरहेको थियो । त्यसबेला हामी गोर्खालीहरुले अब केहि व्यवसाय मिलेर गर्नु पर्छ है भनेर सल्लाह गरिरहेका थियौं । त्यसपछि हामीले सहकारी दार्ता गरी सञ्चालन गर्ने निर्णय गरिउ । एक अर्कामा छरिएर रहेको रकम संकलन गरेर व्यवसायमा लगानी गर्न सबै साथीहरु मञ्जुर भएर हामीले सहकारी सञ्चालन गरिउ । वि. सं. २०५३ सालमा गोर्खा सेभिङ एण्ड क्रेडिट कोअपरेटिप सहकारी संस्था दर्ता गरि अहिलेसम्म निरन्तर सञ्चालन गरिरहेका छौं ।

सहकारी शुरु गरिसकेपछि सदस्यता बनाउन धेरै गाह्रो भयो । प्रत्येक मानिसको घरघरमा गएर हामीले सदस्य बनायौं । सहकारीको बारेमा लामो समयसम्म व्याख्या गरेर सदस्य बनाएको दिनलाई सम्झदा अभैm पनि आङ सिरिङ्ग हुन्छ । शुरुमा तीन चार सय नियमित बचतकर्ता बनाउँन धौधौं थियो । तर अहिले हामीसँग नियमित बचतकर्ता १० हजार भन्दा बाढि जना हुनुहुन्छ । अहिले हाम्रो कारोबार पनि धेरै राम्रो छ । अब हामी ऋणीलाई सस्तोभन्दा सस्तो ब्याजदरमा ऋण प्रदान गर्ने, समूह बनाएर बिना धितो ऋण लगानी गर्ने लगायतका योजना लागू गर्ने तयारीमा जुटेका छौं, यो योजनालाई अझ व्यापक रुपमा लैजाने हाम्रो प्रयास जारी छ ।
मेरो जीवनको सबैभन्दा खुशीको क्षण भनेको गोर्खा विकास बैंकलाई पुन जीवित बनाएर देशभर १० वटा शाखा कार्यालय सहित एकै साथ सञ्चालन गरेका छौं । यो नै मेरो जीवनको सबैभन्दा ठूलो खुशीको क्षण हो । सानो समस्यामा सरकारी निकाय तथा हाम्रै कमजोरीका कारण बन्द संकटग्रस्त बैंक भएको गोर्खा विकास बैंकलाई पुनः सञ्चालन गर्दाको क्षण सबैभन्दा खुशीको क्षण हो । निरन्तर ३ वर्षको कठिन संघर्षपछि हामीले बैंकलाई जीवित बनाएर कारोबार गरेको दिन सबैभन्दा खुशीको दिन भएको थियो ।
अन्तमा म के भन्न चाहन्छु भने पत्रकारिता, लेखनमा तपाई र तपाईको समूहले समुदायलाई सजग बनाउन, सूसुचित गराउन यस पत्रिका मार्पmत चेतनामा थप इटा थपेको छ । हाम्रो समुदायलाई चाम्फुरी मासिक पत्रिका मार्पmत चेतनाको दियो बाल्दै हुनुहुन्छ । अहिले यो पत्रिका एक वर्ष पूरा गरेर दुई वर्षमा प्रवेश गरी बामे सर्दै छ । यो चाम्फुरी मासिक पत्रिका कुनै एउटा व्यक्तिको व्यक्तिगत स्वार्थको लागि भएको होइन । यो त सम्पूर्ण बाहिङ समुदायको लागि भएकाले सम्पूर्ण बाहिङले आपूmले सकेको ठाउँबाट सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।
साभार : चाम्फुरी मासिक ।







