पार्टी नेतृत्वलाई ढाँटेर महराले गम्भीर गल्ती गरे : प्रचण्ड

0 Shares

काठमाडौं । सत्ताररूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख कृष्णबहादुर महराबाट नैतिक कमजोरी भएको बताएका छन् । साथै पार्टी नेताहरूलाई ढाँटेर गम्भीर गल्ती गरेको बताए ।

बुधबार दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो । म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।

महराको गल्ती नैतिक भएको भन्दै उनले यस्तो विषयमा मुख्य नेताहरूले विवाद गर्न नहुने बताए ।

उनको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने नेकपा अध्यक्ष प्रचण्डको विश्वास छ। महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने समेत उनले बताए ।

संसद सचिवालयकै एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार