मानव सभ्यताको विकासक्रममा स्थान विशेष अनुसार अनुकुलन हुँदै जाँदा विभिन्न सँस्कृति, समुदाय र जातिको उत्पत्ति हुन गयो । सँस्कृतिले मानव जातिलाई पहिचान दिन्छ । साँकृतिक आधारमा अलग स्थानमा बस्नेहरुले अलग जाति, अलग समुदाय, अलग बासिन्दाका रुपमा आफूलाई चिनाए । उनीहरुको चिन्तन शैली, भाषा, भेषभूषा फरक फरक निर्माण भयो र आजको यो विविधतापूर्ण समाज बन्न पुग्यो…