बुद्धवीर बाहिङ/काठमाडौं । ललितपुरको पाटनढोकामा चलिरहेको दोस्रो अन्तराष्ट्रिय फोटो महोत्सवमा हिमाली जिल्ला सोलुखुम्बुको पनि फोटो कथा प्रदर्शनमा राखिएको छ । फोटोसर्कल संस्थाले कात्तिक ५ गते देखि १८ गतेसम्म दोस्रो अन्तराष्ट्रिय ‘फोटो काठमाडौं’ महोत्सव ललितपुरको पाटनमा गरिरहेको छ । महोत्सवले पाटन, यसको इतिहास तथा पाटनवासीका आकांक्षा र सपनाहरूबीच सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । नेपाललाई…