भक्तपुर, ५ कात्तिक । आफूलाई राष्ट्रिय फोर्स पार्टीको नेता बताउने एकजनालाई प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थलीस्थित सुकुम्वासी बस्तीबाट दुई थान पेस्तोल र अन्य धारिलो हतियारसहित पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त, ठिमी र काठमाडौँ विशेष ब्यूरोसहित खटिएको संयुक्त प्रहरी टोलीले पाँचथर पन्चमी–३ घर भई सुकुम्वासी बस्तीमा बस्दै आएका ३५ वर्षीय सचिन्द्र पालुङ्वा (लिम्बू) लाई पक्राउ…