२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

गोरुको आक्रमणबाट बालिकाको मृत्यु

राजविराज, २३ भदौ । जिल्लाको छिन्नमस्ता गाविसमा गोरुको आक्रमणवाट बुधबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–९ निवासी जितन सदाकी डेढ वर्षीया छोरी रोमा सदा रहेको प्रहरीले जनाएको छ । आफ्नै घरअगाडि खेल्दै गरेकी ती बालिकालाई गोरुले आक्रमण गरेको थियो । रासस