२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

कोटेश्वर भाटभटेनीमा राजावादी प्रदर्शनकारीद्वारा लुटपाट र तोडफोड

काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा तोडफोड गर्दै महँगा सामान लुटपाट गरेका छन्। भाटभटेनी व्यवस्थापनका अनुसार आइतबार दिउँसो करिब ३ः२८ बजे एक दर्जनजति प्रदर्शनकारीहरू मूलगेट फोडेर सुपर स्टोरभित्र प्रवेश गरेका थिए। उनीहरूलाई रोक्न सुरक्षागार्डहरूले प्रयास गरे पनि प्रदर्शनकारीहरूको समूह विस्तारै बढ्दै गएर करिब डेढ सय हाराहारी पुगेपछि व्यापक तोडफोड र लुटपाट मच्चिएको थियो।…