नाम्चे । सगरमाथाको आधारशिविरमा हिउँ पहिरो गएको छ । मंगलबार विहान नुप्से हिमालको पश्चिम साइडबाट आधारशिविरतर्फ हिउँ पहिरो झरेको हो । केहि दिन अघि प्रतिकुल भएको मौसम सुधार भएपछि एक्कासी हिउँ पहिरो गएको सगरमाथाको आधारशिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘आज विहानै मज्जाले घाम लागेकाले हामी घाम तापिरहेका थियौं, एक्कासी ठूलो आवाज आयो,…