सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट नेपाल सरकारले दुई महिनामा ४३ करोड ६२ लाख ३० हजार ९ सय १२ रुपीयाँ राजस्व संकलन गरेको छ । सगरमाथा आरोहणको मुख्य सिजन भएकाले ३८ आरोहण दलका आरोहीबाट सरकारले उक्त राजस्व संकलन गरेको हो । सगरमाथा आरोहणका लागि ३३ विदेशी आरोहण दलका ३ सय ६२ जना आरोहीले अनुमति लिएका…