सोलुखुम्बुको कुन गाउँपालिकामा कति वडा, नगरपालिको सिमाङकन र नामाङकन कसरी गरिएको छ

0 Shares

बुद्धवीर बाहिङ/सोलुखुम्बु । स्थानीय राज्य पुनःसंरचना अन्तर्गत सोलुखुम्बु जिल्लामा एक नगरपालिका र सात गाउँपालिका निर्धारण गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका : 
दुधकुण्ड नगरपालिकालाई सोलुदुधकुण्ड नगरपालिका नामाकरण गरिएको छ । यस नगरपालिकामा टाक्सिन्दु, केरुङ, गोराखानी र टाप्टिङ गाविसलाई गाभिएको छ । अहिले सोलुदुधकुण्ड नगरपालिकाको जनसंख्या २० हजार ३ सय ९९ जना रहेको छ । यसको क्षेत्रफल ५ सय ३८.०९ वर्ग किलोमिटर रहेको छ । यसको केन्द्र साविकको दुधकुण्ड नगरपालिकाको कार्यालय सल्लेरी नै राखिएको छ भने यस नगरपालिकालाई १० वडामा विभाजन गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. १ मा टाक्सिन्दु गाविसको ९ वटै वडा राखिएको छ । त्यसैगरी नगरपालिकाको वडा नं. २ मा दुधकुण्ड नगरपालिकाको वडा १ र २, वडा नं. ३ मा दुधकुण्ड ३, वडा ४ मा दुधकुण्ड ४, वडा ५ मा दुधकुण्ड ५, वडा ६ मा दुधकुण्ड ६, वडा ७ मा दुधकुण्ड ७, ८ र ९, वडा ८ मा केरुङ गाविसको सबै वडाहरु, वडा ९ मा गोराखानी गाविसको सबै वडाहरु, वडा १० मा टाप्टिङ गाविसको सबै वडाहरु राखिएको छ । यस अघिको दुधकुण्ड नगरपालिकामा सल्लेरी, तामाखानी, बेनी र गार्मा गाविसलाई गाभेर नगरपालिका बनाइएको थियो ।
दुधकोशी गाउँपालिका :
दुधकोशी गाउँपालिकामा ४ वटा गाविस गाभिएको छ । यस गाउँपालिकामा जुभिङ गाविसको वडा नं. २, ४ र ६, बासा गाविसको सबै वडाहरु, काँकु गाविसको सबै वडाहरु, वाकु गाविसको सबै वडाहरु गाभिएको छ । यस गाउँपालिकाको जनसंख्या १३ हजार ४ सय १४ जना रहेको छ । यसको क्षेत्रफल १ सय ६७.६७ वर्गकिलो मिटर रहेको छ । यस गाउँपालिकालाई ७ वडा मा विभाजन गरिएको छ । यस गाउँपालिकाको केन्द्र साविकको वासा गाविसको कार्यालयमा राखिएको छ ।
वडा नं. १ मा जुभिङ गाविसको वडा नं. २, ४ र ६, वडा २ मा बासा गाविसको वडा नं. ७, ८ र ९, वडा ३ मा वासा गाविसको वडा नं. १, २, ३, ४, ५ र ६, वडा ४ मा काँकु गाविसको वडा नं. १, २, ८ र ९, वडा ५ मा काँकु गाविसको वडा नं. ३, ४, ५, ६ र ७, वडा ६ मा वाकु गाविसको वडा नं १, ५, ६, ७ र ८, वडा ७ मा वाकु गाविसको वडा नं. २, ३, ४ र ९ लाई गाभिएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका :
खुम्बु पासाङल्हामु गाउँपालिकामा ४ वटा गाविसलाई गाभिएको छ । यस गाउँपालिकामा खुम्जुङ गाविसको सबै वडाहरु, नाम्चे गाविसको सबै वडाहरु, चौंरीखर्क गाविसको सबै वडाहरु र जुभिङ गाविसको १, ५, ७, ८ र ९ वडालाई गाभिएको छ । यस गाउँपालकिाको ८ हजार ८ सय ८९ जना जनसंख्या रहेको छ । यसको क्षेत्रफल १ हजार ५ सय ३९.११ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकालाई ५ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको केन्द्र साविकको चौंरीखर्क गाविसको कार्यालयमा राखिएको छ ।
वडा नं. १ मा जुभिङ गाविसको वडा नं. १, ५, ७, ८ र ९, वडा २ मा चौंरीखर्क गाविसको वडा नं. ४, ७ र ८, वडा ३ मा चौंरीखर्क गाविसको वडा नं. १, २, ३, ५, ६ र ९, वडा ४ मा खुम्जुङ गाविसको सबै वडाहरु, वडा ५ मा नाम्चे गाविसको सबै वडाहरु राखिएको छ ।
दुधकौशिका गाउँपालिका :
दुधकौशिका गाउँपालिकामा ७ वटा गाविसलाई गाभिएको छ । यस गाउँपालिकामा नेले, कागेल, पञ्चन, जुबु, मुक्ली, देउसा र लोखिम गाविसलाई गाभिएको हो । यस गाउँपालिकाको क्षेत्रफल १ सय ४४.६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाको जनसंख्या १९ हजार ६ सय ७२ जना रहेको छ । यसलाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको केन्द्र साविक मुक्ली गाविसको कार्यालयमा राखिएको छ ।
वडा नं. १ मा नेले गाविसका सबै वडाहरु, वडा नं. २ मा काँगेल गाविसका सबै वडाहरु, वडा नं. ३ मा पञ्चन गाविसका सबै वडाहरु, वडा ४ मा जुबु गाविसको वडा नं. १, २, ३, ४ र ९, वडा ५ मा जुबु गाविसको वडा नं. ५, ६, ७ र ८, वडा ६ मा मुक्ली गाविसको सबै वडाहरु, वडा ७ मा देउसा गाविसको वडा नं. ४, ५, ६, ७ र ९, वडा ८ मा देउसा गाविसको वडा नं. १, २, ३ र ८, वडा ९ मा लोखिम गाविसका सबै वडाहरुलाई गाभिएको छ ।
नेचासल्यान गाउँपालिका :
नेचासल्यान गाउँपालिकामा ४ वटा गाविसलाई गाभिएको छ । यस गाउँपालिकामा नेचा बेतघारी, नेचा बतासे, सल्यान र तिङला गाविसलाई गाभिएको हो । यस गाउँपालिकाको जनसंख्या १६ हजार १ सय २९ जना रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल ९४.४९ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको नेचाबेतघारी गाविसको कार्यालयमा राखिएको छ । यसलाई ६ वटा वडामा विभाजन गरिएको छ ।
वडा नं. १ मा सल्यान गाविसको वडा नं. ५, ६, ७ र ८, वडा २ मा सल्यान गाविसको वडा नं. १, २, ३, ४ र ९, वडा ३ मा नेचाबेतघारी गाविसको वडा नं. २, ३ र ४ त्यसैगरी नेचाबतासे गाविसको वडा नं. १, २ र ३, वडा ४ मा नेचाबेतघारी गाविसको वडा नं. १, ५, ६, ७, ८ र ९, वडा ५ मा नेचाबतासे गाविसको वडा नं. ४, ५, ६, ७, ८ र ९, वडा ६ मा तिङला गाविसको सबै वडाहरुलाई गाभिएको छ ।
महाकुलुङ गाउँपालिका :
महाकुलुङ गाउँपालिकामा ३ वटा गाविसलाई गाभिएको छ । यस गाउँपालिकामा गुदेल, छेस्काम र बुङ गाविसलाई गाभिएको हो । यस गाउँपालिकाको जनसंख्या ११ हजार ४ सय ५२ जना रहेको छ । यसको क्षेत्रफल ६ सय ४८.०५ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकालाई ५ वटा वडामा विभाजन गरिएको छ । यसको केन्द्र साविकको बुङ गाविसको कार्यालयमा राखिएको छ ।
वडा नं. १ मा बुङ गाविसको वडा नं. १, २, ४, ५, ६ र ९, वडा २ मा बुङ गाविसको वडा नं. ३, ७, ८ त्यसैगरी छेस्काम गाविसको वडा नं. ७, वडा ३ मा छेस्काम गाविसको वडा नं. १, २, ३, ४, ५, ६, ८ र ९, वडा ४ मा गुदेल गाविसको वडा नं. १, २, ३ र ४, वडा ५ मा गुदेल गाविसको वडा नं. ५, ६ र ७ गाभिएको छ ।
लिखु पिके गाउँपालिका :
लिखु पिके गाउँपालिकामा ३ वटा गाविस गाभिएको छ । यस गाउँपालिकामा गोली, चौंलाखर्क र भकाञ्जे गाविस गाभिएको हो । यस गाउँपालिकाको जनसंख्या ५ हजार ५ सय ३४ जना रहेको छ । यसको क्षेत्रफल १ सय २४.३८ वर्ग किलोमिटर रहेको छ । यसको केन्द्र साविकको चौंलाखर्क गाविसको कार्यालयमा राखिएको छ । यसलाई ५ वटा वडामा विभाजन गरिएको छ ।
वडा नं. १ मा गोली गाविसको वडा नं. ६, ७, ८ र ९, वडा २ मा गोली गाविसको वडा नं. १, २, ३, ४ र ५, वडा ३ मा चौंलाखर्क गाविसको वडा नं. ५, ६, ७, ८ र ९, वडा ४ मा चौंलाखर्क गाविसको वडा नं. १, २, ३ र ४, वडा ५ मा भकाञ्जे गाविसको सबै वडाहरु राखिएको छ ।

सोताङ गाउँपालिका :
सोताङ गाउँपालिकामा ३ वटा गाविस गाभिएको छ । यस गाउँपालिकामा सोताङ गाविसको सबै वडाहरु, पावै गाविसको सबै वडाहरु र गुदेल गाविसको वडा नं. ८ र ९ गाभिएको हो । यस गाउँपालिकाको जनसंख्या ९ हजार ५ सय ३० जना रहेको छ । त्यसैगरी यस गाउँपालिकाको क्षेत्रफल १ सय ३ वर्ग किलोमिटर रहेको छ । यसको केन्द्र साविकको सोताङ गाविसको कार्यालय रहेको छ । यस गाउँपालिकालाई ५ वटा वडामा विभाजन गरिएको छ ।
वडा नं. १ मा पावै गाविसको वडा नं. ६, ७, ८ र ९, वडा २ मा पावै गाविसको वडा नं. १, २, ३, ४ र ५, वडा ३ मा सोताङ गाविसको वडा नं. १, २ र ३, वडा ४ मा सोताङ गाविसको वडा नं. ६ त्यसैगरी गुदेल गाविसको वडा नं. ८ र ९, वडा ५ मा सोताङ गाविसको वडा नं. ४, ५, ७, ८ र ९ लाई गाभिएको छ ।

[साविकको खोटाङ जिल्लाको नगरपालिका र गाउँपालिकाको नाम, वडा, जनसंख्या र सिमाङकन अर्को पटक प्रकाशित गरिने छ ।] 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार