२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

जङ्गली च्याउ खाँदा तीन बिरामी



मोरङ, १२ भदौ । मोरङको कोसी–हरैँचामा जङ्गली च्याउ खाँदा शनिबार साँझ एकै परिवारका तीनजना बिरामी परेका छन् ।

जङ्गलबाट टिपेर ल्याएको च्याउ साँझको खानामा पकाएर खाँदा कोसी–हरैँचा नगरपालिका–११ बस्ने ४० वर्षीय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ बिरामी परेका हुन् ।

बिरामी परेका तीनै जनाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइहेको छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७३, आइतबार  ७ : ५२ बजे