देश पञ्चायति व्यवस्थाले आक्रान्त थियो । परिस्थिति प्रतिकुल थियो त्यस्तो अवस्थामा प्रजातन्त्रको भु्रणको रुपमा नेविसंघको जन्म २०२७ साल वैशाख ६ गते भयो । प्रतिकुल परिस्थितिमा नेतृत्वदायी भुमिका निर्वाह गरेकाले जनतामाझ नेविसंघ अब्बल संगठनका रुपमा स्थापित भयो । राजनीतिक दल प्रतिबन्धित जस्तै अवस्थामा नेविसंघले राजनीतिक अधिकारका साथै विद्यार्थीका साझा मुद्धालाई लिएर देशव्यापि आन्दोलनको सूत्रपात ग¥यो ।…