काठमाडौं । सरकारले हदबन्दी छुट (क्वोटाबाहिरको) जग्गा बेच्न दिने व्यवस्था गरिएको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मंगलबार प्रतिनिधिसभामा यो विधेयक दर्ता गराएका हुन्। विधेयकअनुसार घरजग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनअनुसार विकास गरी…