काठमाडौं । सफल व्यावसायी तथा समाजसेवी बलराम गुरुङ नेपाल कार्पेट उद्योगसँग सम्बन्धित शीर्ष संस्था नेपाल कार्पेट उत्पादक तथा निर्यात संघको अध्यक्षमा निर्वाचित भएका छन् । संघको वार्षिक साधारणसभाबाट गुरुङ सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । गुरुङ लामो समयदेखि कार्पेट उत्पादन र निर्यात व्यवसायमा सक्रिय रहँदै आइरहेका छन् । उनले नेपाली हाते कार्पेटलाई अन्तर्राष्ट्रिय बजारमा…