काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई अन्याय गरिएको भन्दै अदालतको सम्मान स्वरूप स्वेच्छिक रूपमा गिरफ्तारी दिन लागेको बताएका छन् । शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि उनलाई पक्राउ गर्न प्रहरीको टोली बुढानीलकण्ठस्थित उनको निवासमा पुगेको छ । ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै…