सोलुखुम्बु । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले खुम्बु क्लाईमिङ सेन्टरको विधिवत रुपमा उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबीच खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ स्थित फोर्चेमा मुख्यमन्त्री राईले हिमाल आरोहण गर्न तालिम दिने खुम्बु क्लाईमिङ सेन्टरको उद्घाटन गरेका हुन् । विगत लामो समयदेखि फोर्चेमा क्लाईमिङ सम्बन्धी तालिम सो क्लाईमिङ सेन्टरले दिँदै आएको छ…