‘स्मृति युवा सम्मान’ घायललाई प्रदान

0 Shares

बागलुङ, १७ भदौ । कवि एवम् पत्रकार ओमप्रसाद घायललाई ‘स्मृति युवा सम्मान–२०७३’ प्रदान गरिएको छ । मोती जयन्तीका अवसरमा बिहीबार स्मृति प्रकाशन बागलुङद्वारा उहाँ सम्मानित हुनुभएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले घायललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

बागलुङको पैँयूपाटा–३ मा जन्मी हाल पर्वतलाई कर्मथलो बनाउनुभएका घायल पत्रकारिकतासँगै साहित्य रचनामा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । घायलको कुरुक्षेत्रको पर्खालभित्र–२०५८ र शोकधुनको बाँकी अंश–२०६० गरी दुईवटा कविता कृति प्रकाशित छन् । घायल पर्वतस्थित रेडियो शालिग्रामका स्टनेसन प्रमुखसमेत हुनुहुन्छ ।

भाषा, साहित्यको उत्थान र प्रवद्र्धनमा निभाएको भूमिकाको कदर गर्दै घायललाई सम्मान गरिएको प्रकाशनका सचिव राम थापा ‘अविरल’ले बताउनुभयो । प्रकाशनले यसअघि जिल्लाका सातजना युवा साहित्यिक व्यक्तित्वलाई सम्मान गरिसकेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार