जग्गा खरिदमा अनियमिता गर्नेलाई कारबाही गर्नुस्– जनमोर्चा

0 Shares

 

काठमाडौँ, २८ साउन । राष्ट्रिय जनमोर्चा नेपालले नेपाल आयल निगमको पछिल्लो जग्गा खरिदमा भएको घोटाला सम्बन्धमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाएको छ ।

आपूर्ति मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष साध्यबहादुर भण्डारीले निगमले पेट्रोलियम पदार्थको भण्डार गर्ने नाममा झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिद गर्दा सरकारी ढुकुटीको व्यापक हिनामिना गरेको बताउनुभयो । ज्ञापनपत्रमा भनिएको छ– “सार्वजनिक लेखा समितिले छानबिन गरी व्यापक अनियमितता भएको ठहरसहित कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिइसकेको अवस्थामा मन्त्रालय मूकदर्शक भएर बस्नु भनेको गैरजिम्मेवारी हो .

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार