क्षेत्रीय भलिबल रेफ्रि तालिम

0 Shares

ओखलढुंगा, २५ भदौ । भलिबल खेल सञ्चालन गर्दा रेफ्रीको अभाव हुन नदिन ओखलढुंगामा पाँच दिवसीय क्षेत्रीय भलिबल रेफ्री तालिम सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति र ओखलढुंगा भलिबल संघको संयुक्त आयोजनामा पूर्वाञ्चलका १० जिल्लाका भलिबल खेलाडी सहभागी रहेको रेफ्री तालिम शनिबार सम्पन्न भएको हो ।
क्षेत्रीय रेफ्री तालिममा ओखलढुंगासहित पूर्वका ताप्लेजुङ, धनकुटा, संखुवासभा, मोरंग, सुनसरी, खोटाङ, सोलुखुम्बु, उदयपुर र पाँचथर जिल्लाका ३० खेलाडी सहभागी थिए । पछिल्लो समयमा भलिबल खेल सञ्चालन गर्दा रेफ्रीको अभाव हुन थालेपछि खेल सञ्चालनमा सहज होस् भनेर खेलाडीलाई रेफ्री तालिम दिइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रुपलाल तामाङले बताए ।
तालिमको प्रशिक्षण रेफ्री कमिसन अफ नेपालका अध्यक्ष तथा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवा, राष्ट्रिय रेफ्रीहरु रुपलाल तामाङ, दिवस लिम्बू र शोभा डमरुले दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार