मुलुकमा संक्रमणकाल अझै कायम छ : मुख्यमन्त्री राउत

28 Shares

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अझै कायम रहेको बताउँदै तीनै तहका सरकारले एक अर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

निर्वाचन आयोगले बुधबार जनकपुरधाममा आयोजना गरेको प्रदेश नं २ को निर्वाचन समीक्षा कार्यक्रममा मुख्यमन्त्री राउतले तीनै (संघीय, प्रदेश र स्थानीय) तहको सरकारबीच समन्वय र अस्तित्वलाई स्वीकार नगर्नुलाई संक्रमणकालको संज्ञा दिएका हुन् ।
तीनै तहको सरकारबीच समन्वय गरेर अस्तित्वलाई स्वीकार गर्ने चुनौती रहेको उनको भनाइ थियो । स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा मुख्यमन्त्री राउतले निर्वाचन आयोगलाई धन्यवाद दिए ।
सो अवसरमा निर्वाचन आयुक्त इला शर्माले प्रहरीमा ५० प्रतिशत महिलाका लागि व्यवस्था गरिएकामा प्रदेश सरकारको प्रशंसा गरे । समीक्षा बैठकमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालयका कर्मचारीको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार