सभामुख र सांसदहरुको रक्तचाप मापन, अधिकांशमा उच्च रक्तचाप

119 Shares

काठमाण्डौं । संघीय संसदमा सभामुख र माननीयहरुको रक्तचाप मापन गर्ने कार्य भयो । सो कार्यक्रम मे मापन अभियानका स्वयंसेवकहरुको आयोजनामा भएको हो । संघीय संसदमामा माननीयहरुको रक्तचाप मापन गरी,जनप्रतिनिधि मार्फत आम नेपाली जनतालाई उच्च रक्तचाप वारेमा सशक्त जनचेतना फैलाउने उद्देश्यले मे मापन अभियानका स्वयंसेवकहरुले सो कार्यक्रमको आयोजना गरेका हुन् । सो दुई दिनसम्म चल्ने कार्यक्रमा सम्भवत सम्पूर्ण माननीयहरुको रक्तचाप मापन गर्ने कुरा अभियानका अभियान्त डा.घनश्यम पाण्डेले बताए ।

रक्तचाप मापनकोे पहिलो दिन ७२ जना संघीय सांसदहरुको रक्तचाप मापन भएको सो मध्ये अधिकांश सांसदहरुको रक्तचाप उच्च देखिएको संसद सचिवालयका चिकित्सक पुष्प रिजालले बताए । सो अभियानका संयोजक हरिकृष्ण भट्टराईले मे महिना मापन कार्यक्रमको औचित्य प्रकाश पार्दै भने अंग्रेजी मे महिनाको १७ तारिक विश्व उच्च रक्तचाप दिवस हो । सन् २०१७ बाट मे महिना भरिनै रक्तचाप मापन गर्ने र उच्च रक्तचाप सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले मे मापन महिना ९ःबथ ःभबकगचझभलत ःयलतज० कार्यक्रम सुरु गरिएको हो । नेपालमा यो कार्यक्रम सन् २०१७ बाट नै प्रत्येक बर्ष मे महिनामा विभिन्न विश्व विद्यालय,शैक्षिक तथा अनुसन्धान संघ–संस्था,पेशाकर्मी र स्वंयसेवीहरुको सक्रियतामा गरिदै आएको छ ।

यो कार्यक्रम गतबर्ष विश्वका सय भन्दा बढी देशहरुमा गरिएको थियो । यसबर्ष यो अभियानमा नेपालमा लगभग एक लाख मानिसहरुको रक्तचाप मापन गर्ने र आवश्यक स्वास्थ्य शिक्षा प्रदान गर्ने लक्ष्य अभियान रहेको बताए ।
सो कार्यक्रम संघीय संसदका सम्माननीय सभामुखको कृष्ण बहादुर महराको रक्तचाप मापन गरी प्रारम्भ गरिएको थियो । रक्तचाप मापन पश्चात सभामुखले विगत २ वर्ष देखि गरिदै आएको यस्तो अभियान ले अवश्य पनि धेरै नेपलीलाई फाइदा पुग्ने विश्वास लिदै आफू पनि उच्च रक्तचापको बिरामी भएको र नियमित उपचारमा रहेको र सबैलाई आफ्नो रक्तचाप मापन गर्न आग्रह गरे ।

स्वास्थ्य मन्त्री उपेन्द« यादवको रक्तचाप सामान्य रहेको र मोटोपन कम गर्न दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्न,खानामा चिल्लो र बोसोयुक्त खानेकुरा घटाई हरियो सागपात र फलफूल प्रशस्त खान,धुम्रपान तथा मद्यपान त्याग्न, चिया कफी कम गर्न,नुन तथा चिनी कम मात्रामा खान, तनाव कम गर्न र समय–समयमा रक्तचापको जाँच गराउन नेपाली जनतालाई आग्रह गरे ।


    प्रेस विज्ञप्ति

    के हो मे महिनामा रक्तचाप नापौँ अभियान ?

मानिसको जीवनमा उच्च रक्तचाप मृत्युको प्रमुखकारण बन्दै गएको छ । यसले हृदयघात,मष्तिष्कघात र मुटुका अन्य रोगहरु लाग्ने गर्दछ । विश्वमा प्रत्येक वर्ष करिब एक करोड व्यक्तिहरु उच्च रक्तचापको कारणले ज्यान गुमाउने गर्दछन् । नेपालमा पनि प्रति वर्ष उच्च रक्तचापको कारणले ३३००० भन्दा वढी मानिसले अकालमा ज्यान गुमाइ रहेका छन् । यसरी ज्यान गुमाउनेहरुको जीवन सजिलै बचाउन सकिने भएता पनि सो वारेमा अधिकांश व्यक्तिहरुलाई यो रोग भएको थाहा नै हुदैन । सो उच्च रक्तचाप विश्वव्यापी समस्यालाई मध्येनजर गर्दै अन्तराष्ट्रिय उच्च रक्तचाप समाजले सन् २०१७ देखि अंग्रेजी मे महिनालाई उच्च रक्तचाप सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा अभियान चलाएको हो । यो अभियानमा विश्वभर सन् २०१७ मा करिब १२ लाख र सन् २०१८ मा १५ लाख मानिसहरुको रक्तचाप मापन गरिनुका साथै स्वस्थ जीवनशैली बारेमा जानकारी दिने र उच्च रक्तचाप देखिएका विरामीहरुलाई स्वास्थ्य संस्थामा तुरुन्तै रिफर गर्ने कार्य भएको थियो ।

हालसालै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दई तिहाई मानिसहरु नसर्ने रोगको कारणले मर्ने गर्दछन् र मुटुसंग सम्बधित रोगले मात्र १६ प्रतिशत भन्दा बढी मानिसहरु मर्दछन् । तीब्र गतिमा बृढि भएको सहरीकरणसंगै वातावरणीय प्रर्दुषणमा पर्न गएको असर,मानव दैनिकी जीवनमा खानपानमा आएको परिवर्तन, ,अस्वस्थकर जिवनसशैली, धुम्रपान,मद्यपान,नुन धेरै खाने,मोटोपना,शारिरीक व्यायमको कमी, आदिका कारणले गर्दा उच्च रक्तचापको समस्याले नेपाली समाजलाई ग्रसित बनाउदै छ । महत्वपूर्ण पक्ष के छ भने अझै पनि धेरै नेपालीहरु आफ्नो रक्तचापको अस्थावारे अनविज्ञ छन् अझ भनौ नियमित चक्तचाप नाप्ने गरेका छैनन् । जान्ने बुमm्नेहरुले पनि यदि रक्तचाप भएको थाहा भएमा जिन्दगीभर औषधि खानपर्छ भन्ने नकरात्कम सोचले रक्तचाप मापन नगर्ने व्यक्तिहरु हाम्रो समाजमा प्रशस्त भेटिन्छन् ।

यस अभियान अन्तर्गत नेपालमा सन् २०१७ मा करिब ६००० जनाको, सन् २०१८ मा करिब १५००० जनाको रक्तचाप नापीएको थियो । सन् २०१८ को मे महिनामा तत्कालीन स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको रक्तचाप नापेर यो कार्यक्रम सुरु गरिएको थियो । उक्त कार्यक्रम देशव्यापी रुपमा सञ्चालन भएको थियो । रक्तचाप किन नाप्नु पर्दछ भनेर वरिष्ठ चिकित्सकहरु डा. मृगेन्द्रराज पाण्डे,डा.भगवान कोइराला,डा. अर्जुन कार्की र डा. प्रकाशराज रेग्मीले दिनुभएका सन्ंदेशहरु सामाजिक संजाल मार्फत प्रसारण गरिएको थियो । फेसबुक टयुटर जस्ता समाजिक संजालबाट समेत स्वास्थ्य शिक्षा तथा सूचनाहरु प्रवाह गरिएको थियो । देश भरी ५०० जना स्वयंसेवकहरु विभिन्न ठाँउमा निशुल्क रक्तचाप नाप्न र स्वास्थ्य शिक्षा प्रदान गर्नको लागि परिचालन गरिएको थियो । यो स्वयंसेवी अभियानमा विभिन्न शैक्षिक संस्थामा अध्ययनरत मेडिकल,नर्सिङ र जनस्वास्थ्य अध्ययनरत विद्यार्थी तथा महिला स्वास्थ्य संयसेविका र स्वाथ्यकर्मीहरुले सहयोग गर्नुभएको थियो ।

यो अभियानले मानिसहरुमा वेला वेलामा रक्तचाप नाप्नु पर्दछ र उच्च रक्तचाप भएमा चिकित्सकको सल्लाह वमोजिम उपचार गर्नु पर्दछ भनेर स्पष्ट सन्ंदेश आम नागरिक समक्ष सम्प्रेषण गर्ने कार्य भएको छ । साथै मानिसहरुलाई उच्च रक्तचापको जोखिमहरु जस्तै धुम्रपान,मद्यपान,नुन धेरै खाने,मोटोपना,शारिरीक व्यायमको कमी, सागसब्जी र फलफूल थोरै खाने वानीहरु परिवर्तन गरि स्वस्थ जीवनशैली अपनाउनु पर्दछ भनेर स्पष्ट सन्ंदेश दिइएको छ । सन् २०१७ र २०१८ कोे कार्यक्रमले राम्रो नतिजा देखिएकाले हामीले २०१९ को मे महिनालाई पनि रक्तचाप नाप्ने महिनाको रुपमा मनाउदै छौ । यसको लागि आवश्यक तयारी सकिसकेको छ । ५०० जना भन्दा वढी चिकित्सा, जनस्वास्थ्य र नर्सिङ अध्ययनरत विद्यार्थीहरुलाई तथा पेशाकर्मीहरुलाई आवश्यक तालिम र सामग्री प्रदान गरेर विभिन्न स्थानहरुमा गईसक्नुभएको छ । यो वर्ष हामीले कम्तिमा पनि ५०००० वयस्क व्यक्तिहरुको रक्तचाप नाप्ने र धेरै भन्दा धेरै मानिसहरुलाइ स्वास्थ्य शिक्षा प्रदान गर्ने लक्ष राखेका छौ । यसको अर्थ मे महिनामा मात्र रक्तचाप मापन गर्नुपर्छ भन्ने कदापी होइन, रक्तचाप नियमित अनुगमन गर्नु सर्वोत्तम हो तर विविध कारणले मानिसहरुले मापन गर्नबाट बन्चितहुनुले यसका जटिलताको शिकार भईराख्नुपरेको छ । तपाईहरु पनि यदि आफ्नो रक्तचापको बारेमा अनविज्ञ हुनुहुन्छ भने आफुलाई पायक पर्ने स्थानमा गई जचाउन सक्नुहुन्छ । र अरुलाई पनि रक्तचाप नाप्नको लागि प्रेरित गर्नसक्नुहुन्छ । यसकार्यलाई निरन्तरता दिन सरकारी निकायबाट आगामी दिनहरुमा गरिने पहलहरु साचो अर्थमा यस कार्यक्रमको सफलताको सुचक हो । त्यसकारण उपलब्ध श्रोत साधनको अधिकतम पहिचान परिचालन गरि सरकारी, गैह्रसरकारी निजी तथा नागरिक समाजले सामाजिक उत्तरदायित्व सम्मmेर आ–आफ्नो ठाउँबाट यस उच्च रक्तचाप बिरुद्दको अभियानमा सहकार्य गर्नुपर्ने देखिन्छ ।

धन्यबाद । संयोजक हरिकृष्ण भट्टराई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार