प्रदेश १ को नाम किरात राखिनेमा विश्वास्त छौ : यायोक्खा

812 Shares

पाँचथर । प्रदेशको नाम किरात नराखिए त्यसबाट उत्पन्नहुने समस्याको जिम्मेवारी १ नम्बर प्रदेश सरकार र संसदले लिनुपर्ने वक्ताहरुले बताएका छन् । किरात राई यायोक्खा पाँचथरले मंगलबार सदरमुकाम फिदिममा आयोजित उभौली साकेलाको शुभकामना आदानप्रदान तथा निर्वा्चित जनप्रतिनिधि सम्मण कार्यक्रममा बोल्दै वक्ताहरुले सो कुरा बताएका हुन् ।

१ नम्बर प्रदेशको नाम किरात बाहेक अन्य रहन नसक्ने तर्क गर्दै सोही नाम राखिनेमा प्रदेशवासीको विस्वास गरेको वक्ताहरुको तर्क थियो । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, सचिव अर्जुन जम्नेली राई, पाँचथर जिल्ला समन्वय समितिको प्रमुख विष्ण साप्कोटा, नरबहादुर गुरुङ, तेजबहादुर सुनुवार, सुरेन लिम्बू, लगायतले बोलेका थिए ।

किरात कुनै एउटा जाति नभएर इतिहास, भूगोल र इतिहासको सम्मानको लागि प्रस्ताव गरिएकोले प्रदेश नम्बर १ को नाम किरात बाहेक अर्को हुनै नसक्ने यायोक्खाको केन्द्रीय नेताहरुले बताएका थिए । प्रदेशको नाम किरात नराखिए १ नम्बर प्रदेशमा संमृद्ध हुन नसक्ने वक्ताहरुको तर्क थियो । साझा पहिचानको आधारमा किरात नाम नभए विशिष्ट र गम्भीर प्रकारको आन्दोलनहुने यायोक्खा पदाधिकारीहरुको चेतावनी थियो । कार्यक्रममा यायोक्खा केन्द्रीय सचिव कृष्ण खालिङ राई, केन्द्रीय सदस्य अनिता राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राई, लिम्बू, सुनुवार समुदायको सांस्कृतिक झाँकी प्रस्तुत गर्नुको साथै विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए । यायोक्खा पाँचथर जिल्ला अध्यक्ष गणेश राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाको विभिन्न स्थानीय तहमा निर्वाचन जितेका वडा अध्यक्षभन्दा माथिको जनप्रतिनिधिहरुलाई सम्माण गरेको थियो । सम्मानितहुनेमा मिक्लाजुङ गाउँपालिकाको उपप्रमुख उर्मिला राई, सोही पालिकाको १ र ४ नम्बर वडा अध्यक्ष विष्णुकुमार राई, रामकुमार राई, फालेलुङ ५ र ६ को वडा अध्यक्षहरु जीवनकुमार राई, सुजता वान्तावा राई, पाँचथर जिल्ला समन्वय समितिको सदस्यहरु कुशल चाम्लिङ राई, भगवती र धनमाया राईलाई सम्माणपत्र र फेटा ओढाएर सम्मान गरिएको थियो । समन्वय समितिको सदस्य कुशल राई यायोक्खा जिल्ला सचिव हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार