बेरुजु : २० अर्ब ६२ करोड सामान्य प्रशासन मन्त्रालयको ! देशभर गोष्ठी गरेर कागज मिलाउने प्रयास

  पत्रपत्रिका
7 Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरुजु २० अर्ब ६२ करोड पुगेको छ । बेरुजुका कागज मिलाउन देशभर गोष्ठी गरिएको खुलासा भएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

बेरुजु फर्स्योट शीर्षकको गोष्ठीमा कम्तीमा २० लाख खर्च हुन लागेको छ । धनगढी, नेपालगञ्ज र सुर्खेतमा गोष्ठी भइसकेको छ । पोखरा, विराटनगर, बर्दिबास र धुलिखेलमा गोष्ठी हुँदैछ ।
आर्थिक वर्ष सकिनै लाग्दा यत्ति धेरै मन्त्रालयमा बेरुजु निस्किएपछि सबैभन्दा सजिलो उपाय गोष्ठी गरेर कागज मिलाउने प्रयास भैरहेको हो । अन्य काम गर्दा प्रत्यक्ष रुपमा सबैले देख्ने भएकाले गोष्ठिमा लाखौं खर्च गरेर बील भर्पाई गरी हिसाब मिलान गर्न लागिएको खबर सार्वजनिक भएको छ ।

मन्त्रालयअन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)को खर्च बेरुजु देखिएपछि फर्स्योट गर्न सकस भएको समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार