जनगणनामा यस कारण जातीको महलमा ‘बाहिङ’ नै लेख्नुपर्छ ?

जातीको महलमा किन ‘बाहिङ’ नै लेख्ने ?

  बुद्धवीर बाहिङ
2.2k Shares

राष्ट्रिय जनगणना नेपालको एकीकृत राष्ट्रिय तथ्यांक प्रणालीको एक महत्वपूर्ण हिस्सा हो । यसले हरेक १० वर्षको अन्तरालमा राष्ट्रिय र स्थानीय स्तरमा आधारभुत जनसंख्या तथ्यांक तयार गर्दछ । यसले राष्ट्रिय आवधिक विकास लक्ष्य तथा दिगो विकास लक्ष्यका अनुगमन र मूल्यांकनसँग सम्बन्धित केहि सामाजिक, जनसांख्यिक र आर्थिक सूचकहरुको लागि समेत सूचना प्रदान गर्दछ ।

नेपालको पहिलो जनगणना विक्रम संवत १९६८ मा गरिएको थियो । यद्यपी नेपालको पहिलो आधुनिक जनगणना विक्रम संवत २००९/११ मा सम्पन्न भएको थियो । जुनबेला नेपालको जनसंख्या करीब ८० लाख गणना गरिएको थियो । पछिल्लो वि.सं. २०६८ मा सम्पन्न गरिएको जनगणनामा करिब २ करोड ७० लाख व्यक्तिहरुको गणना गरिएको थियो ।

जातीको महलमा किन ‘बाहिङ’ नै लेख्ने ?

सामाजिक समावेशिकरणको दृष्टिकोणबाट जात/जातीको तथ्यांकलाई एक महत्वपूर्ण पहिचानको विषयसँग जोडेर हेरिन्छ । त्यसैले जात/जातीको महलमा ‘बाहिङ’ लेख्नु/लेखाउनु पहिचान र अधिकारको लागि आधारभूत पहिलो प्रक्रिया हो । संविधान, कानूनमा उल्लेखित पहिचान र अधिकारका लागि अल्पसंख्यक र बहुसंख्यकलाई हेरेर फैसला हुँदैन । संविधानतः एक जना अल्पसंख्यक जाती र एक हजार जना बहुसंख्यक जातीको पहिचान, हक, अधिकार बराबरी हो । त्यसैले बाहिङ समुदायले जातीको महलमा ढुक्कले ‘बाहिङ’ नै लेख्नु र लेखाउनुस । यसलाई अझ सरल भाषामा भन्दा विश्वमा रहेका विभिन्न देशका आ-आफ्नै कोड हुन्छ । हामीले नेपालबाट बेलायत फोन गर्दा १५३ कोड प्रयोग गर्नु पर्छ । अर्थात मोबाईल नं. वा टेलिफोन नंबरको अगाडि १५३ डायल गरेपछि मात्रै फोन लाग्छ । बेलायत रहिञ्जेल यो कोड नं. रहिरहन्छ । त्यस्तै ‘बाहिङ’ जातीको कोड नं. १०४ हो । बाहिङ जाति र समुदाय रहिञ्जेल अब यो जातीको कोड नं. परिवर्तन हुँदैन, सँधै रहिरहने छ ।

घरघरमा आएका गणकहरुलाई तपाईले कुनै परिचयपत्र देखाउनु पर्दैन । यदि कोहि कसैले गणकहरुलाई परिचयपत्र देखाउनु पर्छ भनेर भन्यो भने तपाईले प्रश्नावलीमा सबै कुरा लेखिएको छ किन परिचयपत्र देखाउने भनेर जवाफ दिन सक्नु हुनेछ । त्यसैले तपाईहरुले ढुक्कले जातीमा ‘बाहिङ’, भाषामा ‘बाहिङ’, पुर्ख्यौली भाषामा ‘बाहिङ’ लेख्नुस र  अरु ‘बाहिङ’ समुदायका मानिसहरुलाई पनि लेखाउनुस ।

बाहिङ जातीको कोड नम्बर लेख्न यसकारण अनिवार्य छ: 

हेर्नुहोस ‘बाहिङ’ जातीको कोड नम्बर:

त्यसैगरी ‘बाहिङ’ भाषाको कोड नं. ४६ हो । बाहिङ भाषा बोलिञ्जेल यो कोड नं. कहिल्यै परिवर्तन अर्थात हराएर जाँदैन । सँधैभरि यही कोड नम्बरले ‘बाहिङ’ भाषाको प्रतिनिधित्व राज्यसामु गरिरहेको हुन्छ । त्यसैले पनि तपाई ‘बाहिङ’ समुदायले ढुक्कले आफ्नो पहिचान बचाउन अर्थात राज्यको आधिकारिक तथ्यांकमा दर्ज गर्न कुनै शंका नमानि ‘बाहिङ’ लेख्नुस र लेख्न लगाउनुस ।

बाहिङ भाषाको कोड नम्बर लेख्न यसकारण अनिवार्य छ:

हेर्नुहोस ‘बाहिङ’ भाषाको कोड नम्बर:

झनै यस पटकको जनगणनामा पुर्खाको भाषा वा पहिचानको भाषा पहिलो पटक समावेश गरिएको छ । जसले कुन जातीका कति संख्याले पुर्खाको भाषा अर्थात मातृभाषा बोल्न सक्छन भनेर पहिलो पटक थत्यांक विभागले पुर्खाको भाषा बोल्नेहरुको तथ्यांक राख्ने भएकाले पनि ‘बाहिङ भाषा र बाहिङ जाती’ लेखाउनु आवश्यक छ ।

राष्ट्रिय जनगणना वि.सं. २०५८ मा १०१ प्रकारका जात/जातिहरुको पहिचान भएको थियो । जसमध्ये ‘बाहिङ’ जाति पनि एक हो । त्यसैगरी वि.सं. २०६८ अर्थात १० वर्षपछि यो संख्या बढेर १२५ जात/जाति पुगेको छ । पछिल्लो जनगणना अर्थात वि.सं. २०७८ को जनगनणमा जातीय/क्षेत्रिय सचेतनालाई मनन गरी थर र जात/जाती लेख्ने बेलामा निष्पक्ष भई यथार्थ विवरण ल्याउन गणक तथा सुपरिवेक्षकहरुलाई तथ्यांक विभागले निर्देशन दिएको छ ।

राष्ट्रिय जनगणना २०७८ राजपत्रमा प्रकाशित ‘बाहिङ’ समुदायका लागि महत्वपूर्ण प्रश्नावलीहरु:

यो पनि हेर्नुहोस:

१२ औं राष्ट्रिय जनगणनादी हप्पे बाहिङदलाई बाहिङ किरात मुलुखिमके लाम्को ब:

१२ औं राष्ट्रिय जनगणना सम्बन्धी बाहिङ किरात मुलुखिमको अत्यन्त जरुरी सूचना:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार