दूधमा बेसार मिसाएर पिउदा फाईदै फाईदा !

Facebook Debugger

काठमाडौ । आयुर्वेदले बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरेको छ । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिन्छ ।

बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामलगायत तत्व प्रचुर मात्रामा पाइन्छ । बेसारलाई तरकारीमा मसालाका रूपमा प्रयोग गरिन्छ । दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ । महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ ।

एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छन् । मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ ।

पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्यामा बेसारलाई नुनपानीमा घोलेर बिहान–बेलुका खाएमा ठीक हुन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई लाभ मिल्छ । बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ ।

बेसार छालाका लागि एकदमै उपयोगी हुन्छ । यसर्थ, हिजोआज बेसार सौन्दर्य प्रसाधनका लागि समेत प्रयोग गर्न थालिएको छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालामा चमक ल्याउन मद्दत गर्छ । मर्किएको, सुन्निएको वा चोट लागेको ठाउँमा घिउकुमारीको रससँग बेसार मिसाएर लगाएमा दुखाइ कम हुन्छ ।

दूधमा बेसार मिसाएर पिउदा यस्तो छ फाइदा :

कसरी पिउने ?

बेसार शुद्ध र मिसावट नभएको हुनुपर्छ । साथै, दुध पनि ताजा र जैविक हुनुपर्छ । सकेसम्म प्याकेटको दुध पिउनुहुन्न । दुध उमालेपछि तर निकाल्नु पर्छ । त्यसमा एक चिया चम्चा बेसार मिसाएर पिउन सकिन्छ । दुधलाई तातो अवस्थामा पिउनु राम्रो मानिन्छ ।

कहिले पिउने ?

कुनैपनि खानेकुरा कुन समय खाने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । जस्तो दही स्वास्थ्यका लागि राम्रो हो तर, राती सुत्नुअघि दहीको सेवन प्रत्युत्पादक हुन्छ । ठीक यसैगरी दुधको सेवन चाहि राती सुत्नुअघि गर्न सकिन्छ । बेसार मिश्रण गरिएको दुध राती पिउनु लाभदायक मानिन्छ ।

कलेजको बिषाक्त पदार्थ हटाउँछ

दुधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा रगत शुद्धिकरण पनि हुन्छ ।

पाचन यन्त्र चुस्त राख्छ : दुधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ । तर, धेरै फ्याट भएको दुध सजिलै पच्दैन ।

हड्डी बलियो बनाउँछ : बेसार र दुधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ ।

क्यान्सरसँग लड्ने क्षमता : बेसारमा करक्यूमिन रहेको हुन्छ । यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ । त्यसैले दुध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ ।

राम्रो निन्द्रा लाग्छ : यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दुध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दुधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ ।

अल्सरमा उपयोगी : दुध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पेटको अल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ । अल्सर, डाइरिया र अपच हुन दिदैन ।

महिनावरीमा हुने दुखाईबाट छुटकारा : बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई पनि कम गर्छ ।

बेसार पानी खानुका यी १० अमूल्य फाइदा

बेसारमा प्राकृतिकरुपमै एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्टको मात्रा प्रचुर रहनछ । यी तत्वले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता विकास गर्दछ । बेसारमा हुने करक्यूमिन नामक तत्व शत्तिशाी एन्टीअक्सिडेन्ट हो जसले कोशिकाहरु नष्ट हुनबाट जोगाउँदछ र शरीरमा कोशिका निर्माण तीव्र बनाउँदछ । जानौं यी बाहेक अन्य यसका फाइदाहरुः

१) दिमाग तीक्ष्ण बनाउँछ स् हल्का मनतातो पानी र बेसार विहानको समयमा पिउने हो भने यसले हाम्रो दिमागको तीक्ष्णता विकास गर्दछ र अधिक क्रियाशील बनाउँछ ।

२) जलन कम गर्छ स् यदि शरीरमा सुनिने र जलन हुने समस्या छ भने बेसार पानी पिउनुस् । यसमा हुने कुर्कुमिन तत्वले सुनिने, जलन हुने तथा जार्नीको दुखाई हुने समस्याबाट मुक्त गर्दछ । यी समस्याका लागि बेसार पानी अचूक मानिन्छ ।

३) मृगौला क्रिया चुस्त बनाउँदछ स् बेसार पानीको प्रयोगले मृगौलाको क्रियाकलापलाई चुस्त राख्दछ । यी रोगीका लागि औषधीभन्दा कम छैन बेसार पानी । यसले मृगौलामा भएको खराब कोषहरु नष्ट गरी मृगौलाको कार्यसञ्चालन चुस्त बनाउँदछ र संक्रमण हुनबाट रोक्छ ।

४) हृदयको समस्यामा फाइदाजनक स् हृदय समस्याका विरामीले बेसार पानी पिउन जरुरी छ । यसले रगतलाई बाक्लो हुन बचाउँदछ । जसकारण हृदयघातकको जोखिमलाई न्यून गर्दछ ।

५) सुन्दरता बढाउँदछ स् बेसार पानीमा कागती र मह मिलाएर पिउने हो भने शरीरमा भएका विषाक्त पदार्थहरु शरीरबाट बाहिर निस्कन्छ । यसरी पानी पिउँदा शरीरमा कोष ताजा भइराख्छ र उमेरको प्रभाव बढ्न दिँदैन । बेसारमा हुने स्वतन्त्र रेडिकल्सहरुले सुन्दरतालाई बढावा दिन्छ ।

६) पाचन राम्रो बनाउँछ स् बेसार पानीले पाचनप्रक्रिया सुधार गर्न मद्दत गर्दछ । यसमा हुने एन्टी एक्सीडेन्ट र एन्टी इन्फ्लेमेटरीतत्वले पाचन राम्रो बनाउँदछ र ग्याँस हुन दिंदैन ।

७) प्रतिरक्षा विकास गर्दछ स् मनतातो बेसार पानीले शरीरमा प्रतिरक्षा क्षमता विकास गरी रुघाखोकी जस्ता सामान्य रोगहरु तत्काल निको पार्दछ । यतिमात्र नभई यसले विभिन्न किसिमका क्यास्रका रोगको सम्भावनालाई न्यून गरी क्यान्सर हुनबाट बचाउँछ ।

८) मोटोपन घटाउँछ स् बसोरको सेवनले मोटोपनमा पनि राहत पाउन सकिन्छ । यसमा हुने करक्यूमिन तत्व शरीरमा घुलेर चिल्लोपदार्थ विकास गर्ने तत्वहरु बन्नबाट रोक्दछ ।

९) दुखाईमा राहत स् बेसार शरीरमा हुने दुखाई कम गर्न एकदमै उपयुक्त मानिन्छ । हड्डी टुटेमा, मर्किएमा तथा अन्य चोटपटकमा फाइदाजनक हुन्छ । यसका निम्ति दुध र बेसार मिलाएर पिउनु फाइदाजनक हुन्छ । यसले शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ जुन हृदयसम्बन्धीका रोगसँग सम्बन्धित हुन्छ ।

१०) बढ्दो उमेरको असर कम गर्छ स् बेसारको दैनिक प्रयोगले उमेरको असरलाई कम गर्दछ । दुधमा मिलाएर पिउनु छालाका लागि राम्रो मानिन्छ ।

राति सुत्नुभन्दा पहिला बेसारसहित दुध खानु :

काँचो बेसार र दुध मतलब बेसारयुक्त दुध , यो ‘टर्मरिक लाटे’ नामले पनि निकै प्रचलित पनि छ । बेसारयुक्त दुध पिउनाले थुप्रै फाइदा हुने गर्दछ । निन्द्रा राम्रो लाग्नुको साथै रोग प्रतिरक्षात्मक शक्ति पनि बढाउछ र स्वास्थ्यलाई फाइदा हुन्छ । यसमा सहि मात्रामा बेसारको प्रयोग हुनुपर्दछ , राम्रो संग उपयोग गर्न जान्यो भने मात्र बेसारको जादु चल्दछ ।

सहि मात्रामा सेवन नगर्दा बेसारले शरीरलाई नकारात्मक असर पनि पर्ने हुन्छ । बेसारयुक्त दुध कतिपय रोगको लागि नराम्रो पनि हुन सक्छ । शारिर सुन्निएको घटाउन, इम्यूनिटी बढाउन, मुटु रोग र डायबिटीजसंग लड्नको लागि पनि सहयोग गर्छ ।

बेसारयुक्त दुधका फाइदाहरुः

बेसरमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, यो करक्यूमिन एन्टीअक्सिडेन्ट गुणले भरिएको हुन्छ । एन्टिअक्सिडेन्टले शरीरलाई हानि हुनबाट बचाउने काम गर्दछ । बेसारमा भएको गुणले काम गर्नको लागि, बेसरको सहि अनुपात र पिउने समयमा ध्यान दिनुपर्छ । बेसरलाई सहि मात्रामा सेवन गर्नुपर्दछ, कम वा अधिक भयो भने स्वास्थ्यलाई नकारात्मक प्रभाव पर्न सक्छ ।

बेसार धेरै सेवन गर्दा पेट पोल्ने, भारीपन अनुभव हुने र शारिरमा हुने आइरनको स्तरलाई पनि बिगार्ने काम गर्दछ, त्यसैले बेसारलाई पूर्णप्राकृतिक रुपमा सेवन गर्नुपर्छ । बिहान खाली पेटमा पानीसंग करक्यूमिनको गोली खादैमा या आफ्नो आहारमा जथाभावी मात्रामा बेसार मिलाउदा यसले फाइदा गर्दैन ।

बेसार युक्त दुध शारीरिक चोटपटकलाई छिट्टै निको हुन सहयोग गर्छ । निन्द्रा राम्रो संग नलाग्ने तथा सुत्न समस्या हुने व्यक्तिलाई राति सुत्ने समयमा एक कप बेसारयुक्त दुध पिउदा फाइदा हुन्छ । यसले आरामदायी निन्द्रा प्रदान गर्छ ।

बेसारले शारिरको प्रतिरक्षा बढाउने काम गर्छ जसले गर्दा रुघा, खोकी वा फ्लु जस्तो मौसम परिवर्तनको कारणले हुने बिरामीबाट बचाउन सहयोग गर्छ । रति सुत्नु भन्दा पहिले बेसर दुध पिउँदा शारिरको हर्मोनल सन्तुलनमा सुधार हुन्छ जसले गर्दा अनुहारको छालाको समस्या कम हुन्छ । शरीरको तौल घटाउन, छालाको समस्या हटाउन साथै मधुमेहको बिरामीको लागि पनि बेसारको चियाले फाइदा गर्छ ।

कसरी बनाउने बेसार युक्त दुध ?

एक कप दुधलाई राम्रो संग उभाल्ने र स्वादको लागि एक चिम्टी बेसार र थोरै चिनी वा सख्खर मिसाउने र सुत्नुभन्दा केहि क्षण अगाडी यसलाई तातोतातो पिउने ।

यदि मधुमेह, मुटु रोग वा हाडको जोर्नीको समस्या छ भने त्यसमा सानो टुक्रा जाइफल पनि मिसाउदा हुन्छ । थायरोइडको समस्या छ भने काजु मिसाउने र राति निन्द्रामा एठनको समस्या हुन्छ भने पनि यसले सहयोग गर्छ ।

शरीरमा उर्जा कम भएको अनुभव हुन्छ र आफ्नो त्वचामा पनि समस्या छ भने यसले सहयोग गर्छ । दुधमा बेसार संगै कालो मरिच राखेर पिउदा घाँटीमा संक्रमण भएको पनि निको हुन्छ ।

यदि ल्याक्टोज इनटोलरेन्सको समस्या छ भने बोटमिल्क वा बेसारलाई बेलुकाको समयमा नरिवल वा सख्खरसंग पनि सेवन गर्न मिल्छ ।

खानामा बेसारको प्रयोग किन गरिन्छ ?

बेसार जो कोहीको भान्सामा हुन्छ । तरकारी, दाल, मासुलगायत जुनसुकै परिकारमा बेसारको प्रयोग अनिवार्य गर्ने चलन छ । बेसारलाई मसलाको रुपमा प्रयोग गरिंदै आएको छ । फाइदा थाहा नहुँदा पनि यसको प्रयोग पुस्तौंदेखि हुँदै आएको छ ।

पूर्वीय मुलुकमा खानाको स्वाद बढाउन र परिकार आकर्षक देखाउन बेसारको प्रयोग हजारौं वर्षदेखि भइरहेको छ । अन्जान तरिकाले बेसारको प्रयोग भइरहे पनि यसले शरीरलाई अनेक फाइदा दिइरहेको छ । परिकारमा मिसाइएको बेसारले खाना पचाउन पनि मद्दत गर्छ । यसमा प्राकृतिक रुपमा औषधिय गुण हुन्छ ।

पछिल्लो समय विभिन्न अध्ययनले बेसारको फाइदाबारे निष्कर्ष निकालेपछि संसारभर यसको प्रयोग बढेको छ । पूर्वीय मुलुकहरूमा यसअघि खानामा मात्रै प्रयोग गरिने बेसार अहिले दूध, पानी, महलगायतसँग मिलाएर पनि सेवन गर्न थालिएको छ ।

बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै इन्फेक्सनबाट बचाउँछ । यसमा शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, आइरनलगायत तत्व पाइन्छ ।

बेसारलाई ‘नेचुलर पेन किलर’को रुपमा पनि चिनिन्छ किनकि यसले शरीरमा हुने दुखाइलाई निदान गर्छ । त्यसैकारण गाउँघरमा पहिल्यैदेखि काटेको, पोलेको चोटपटक लागेको ठाउँमा बेसारको प्रयोग गरिंदै आएको हो । मांसपेशीमा हुने पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ । अनिद्राको समस्या हटाउन पनि बेसार उपयोगी मानिन्छ । बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ । वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ ।

बेसारको नियमित प्रयोग छालाको लागि फाइदाजनक छ । यसले छाला चम्किलो बनाउन र बुढ्यौलीलाई धकेल्ने काम गर्छ । त्यसैले सौन्दर्य प्रशाधनका सामग्रीको बेसारको प्रयोग हुन्छ । बेसारले मानसिक चिन्ताको शिकार हुनबाट जोगाउनुको साथै स्मरण शक्ति पनि वृद्धि गर्छ । बेसार र दूधको मिश्रणमा क्याल्सियम पाइन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ । महिनावारीमा हुने पीडा कम गर्न पनि बेसारको प्रयोग उपयोगी हुन्छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार