प्रदेश १ को नाम ‘किरात’ राख्न माओवादीलाई अफ्ठ्यारो छैनः प्रचण्ड

एमाले र कांग्रेसका नेताहरुलाई बढि दवाव दिनुस

  सगरमाथा अनलाईन
154 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ को नाम किरात राख्न कुनै अफ्ठ्यारो नभएको बताएका छन् ।

आदिवासी किरात महासंघले बुझाएको ज्ञापनपत्र लिँदै अध्यक्ष प्रचण्डले पहिचानको मुद्धामा माओवादी केन्द्र दृढ रहेकाले प्रदेश १ को नाम किरात राख्न कुनै अफ्ठ्यारो नभएको बताएका हुन् । ‘हामीलाई प्रदेश १ को नामा किरात राख्न कुनै समस्या छैन, बरु एमाले र कांग्रेसका नेताहरु यस विषयमा सकरात्मक नदेखिएकोले उहाँहरुलाई दवाव दिनुहोस’ अध्यक्ष दाहालले भने ।

आदिवासी किरात महासंघका अध्यक्ष धिरेन सुस्तोचा बाहिङको नेतृत्वमा किरात प्रदेश नामाकरणका लागि अध्यक्ष दाहाललाई ज्ञापन पत्र बुझाइएको थियो । प्रदेश १ को नामाकरण ऐतिहासिक किरात भूमि, भौगोलिक आधार, साँस्कृतिक र किरात सभ्याताको आधारमा किरात प्रदेश नामाकरण गर्नु पर्ने माग राख्दै, ३ बुदे ज्ञापन पत्र बुझाएको हो । महासंघले प्रदेश १ प्राचिन इतिहासमै किरात भूमि, किरात सभ्यता, किरात संस्कृति र किरात महाजाति रहेको हुदा यसै आधारमा किरात प्रदेश नामाकरण गरिदा समग्र त्यस भूूमिको न्याय हुने, यो ऐतिहासिक क्षणमा किरात प्रदेश नामाकरण गरिनु पर्नेमा जोडदार माग राखेको छ । किरात कुनै जाति नभएर एक प्राचिन सभ्यता भएकोले यसले यसले त्यस भूमि, संस्कृति, इतिहास र सभ्यता भएको कुरा उल्लेख गर्दै आफ्ना माग राख्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार