अर्थमन्त्रीले दुध दिने गाईलाई घाँस हाल्नु भएनः सांसद राई [भिडियोसहित]

  सगरमाथा अनलाईन
392 Shares

काठमाडौं । प्रतिनिधी सभा सदस्य मानवीर राईले हिमाली जिल्ला सोलुखुम्बुको बजेट हटाएकोमा आपत्ती जनाएका छन् ।

प्रतिनिधी सभा बैठकमा अर्थमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद राईले हिमाली जिल्ला सोलुखुम्बुले नेपालको अर्थतन्त्रमा योगदान दिएतापनि जिल्लामा नियमित आउने विकास बजेट हटाएकोमा आपत्ती जनाएका हुन् । ‘गाईको दुध खाने तर घाँस नहाल्ने प्रवृत्ति यो अर्थमन्त्रीले देखाउनु भयो’ सांसद राईले भने ।

सोलुखुम्बु जिल्लाले राजस्व राम्रै दिने गरेको राईको दावी छ । ‘दुर्गम हिमाली जिल्ला भएपनि यो मुलुकलाई राजस्व राम्रै संकलन गरेको छ । गएको वर्षमा सोलुखुम्बुमा एक दुई वटा विकास बजेट पर्दै थियो तर, अहिले त काटिएछ ।’ राईले भने ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस

https://youtu.be/8te7vT7UoV8

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार