काठमाडौं । बाहिङ किरात मुलुखिम बेलायतको अध्यक्षमा चक्रबहादुर बाहिङ निर्वाचित भएका छन् । शनिबार बेलायतको अस्फोर्ड केन्टस्थित गोर्खा भान्सा घर रेष्टुरेण्टको हलमा आयोजना गरिएको बाहिङ किरात मुलुखिम बेलायतको तेस्रो वार्षिक साधारण सभा एवं अधिवेशनले चक्रबहादुर बाहिङलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा क्याप्टेन रघुवीर बाहिङ, महासचिवमा प्रभुराम बाहिङ, कोषाध्यक्षमा राजेन्द्रकुमार बाहिङ निर्वाचित भएका छन्…