१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

अफगानिस्तानमा विजय भएको र युद्ध सकिएको तालिबानको घोषणा

एजेन्सी । विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् । अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ । तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका…