पूर्व सांसद कार्कीको सम्झना

0 Shares

ओखलढुंगा, २५ भदौ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व संसाद स्वर्गीय बालाराज कार्कीको स्मृतिमा ओखलढुंगामा शोक सभा सम्पन्न भएको छ । सम्झनामा शोक सभा गरीएको छ । नेपाली कांग्रेस ओखलढुगांले आयोजना गरेको शोक सभामा बोल्ने क्ताहरुले कार्की लोकतान्त्रि आन्दोलन र ओखलढुंगाको विकास पुर्याएको योगदानको चर्चा गरेका थिए ।
नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवारको सभापत्विमा जिविसको सभाहलमा भएको कार्यक्रममा ओखलढुंगा क्षेत्र नं २ का सांसद रामहरी खतीवडाको प्रमुख आतिथ्यता रहेको थियो । शोकसभामा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, कार्यलय प्रमु्रख तथा प्रतिनिधी, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो । कार्कीको उपचारको क्रममा यहि भदौ १० गते काठमाण्डौमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार