प्रदेश १ मा दुई समिति गठन

28 Shares

विराटनगर । आज प्रदेश नं १ को प्रदेशसभा बैठकले सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।
प्रदेशसभा बैठकको कार्यसूची, प्राथमिकता, समय निर्धारणलगायतका विषय तय गर्न र आवश्यक भए सभामुखलाई अन्य विषयमा परामर्शसमेत दिन सभामुख प्रदीपकुमार भण्डारीको अध्यक्षतामा कार्यव्यवस्था समिति गठन गरिएको हो ।
उपसभामुख र प्रदेशको कानून हेर्ने मन्त्री यस समितिमा पदेन सदस्य रहन्छन् । प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी, जसमाया गजमेर, केदार कार्की, मोहनबहादुर खड्का, जयराम यादव, इन्दिरा राई र विष्णु तुम्बाहाम्फे यस समितिमा सदस्य रहेका छन् ।
एघार सदस्यीय नियमावली मस्यौदा समितिमा हीराबल्लभ अधिकारी, एकराज कार्की, सूर्यमान राई, शान्तादेवी पौडेल, रामचन्द्र लिम्बू, विष्णु तुम्बाहाम्फे, सावित्रीकुमार रेग्मी, झलकबहादुर मगर, रामकुमार राई र इन्दिरा कार्की रहेका छन् ।
प्रदेशसभाको अर्को बैठक चैत ७ गते दिनको १ः०० बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार