कतारमा मंगोल नेशनल अर्गनाईजेसनको शाखा गठन

399 Shares

कतार । मंगोल नेशनल अर्गनाईजेसनको कतार शाखा कार्यसमिति गठन भएको छ । रमेश थिङ तामाङको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

मुलबासीहरुको हक अधिकार र अस्थित्वको निमित्त जहाँ भएपनि एकतामा गोलबद्ध हुनको लागि अर्गनाईजेसनको कतार शाखा कार्यसमिति गठन गरिएको सोमाहाङ थुलुङले बताए । रोजगारीको शिलशिलामा कतार पुगेका नेपालीहरुको राजनैतिक चेतना र समाज सेवाको लागि समेत अर्गनाईजेसनको शाखा गठन गरिएको पनि थुलुङले बताए ।
कार्यक्रममा धन राई, राजकुमार राई र रमेश थिङ तामाङले मंगोल नेशनल अर्गनाईजेसनको स्थापना, आवश्यकता र महत्वको बारेमा चर्चा गरेका थिए । नेपाली मुलबासीहरुले हरेक क्षेत्रमा भए गरेका समस्या र आवश्यकताको बारेमा पनि उनीहरुले बताएका थिए ।
कार्यक्रमलाई कमल चाम्लिङले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपालबाट रोजगारीको शिलशिलामा कतार पुगेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सबै नेपाली मुलबासीहरुलाई अर्गनाईजेसनमा आबद्ध हुन समेत आग्रह गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार