भैंसेपाटीमा हिरासतबाट ३ जना थुनुवा भागेपछि …!

7 Shares

काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट ३ जना थुनुवा फरार भएका छन् । उनीहरु गएराति ग्रील उप्काएर भागेका हुन् ।


फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका आरोपि छन् । जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो । उनीहरुको नाम खुलाइएको छैन ।
ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले घटनाको पुष्टि गर्दै फरार भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिए । उनीहरुको खोजीका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार