प्रियंका धोकेवाज मायाको खेलमा

56 Shares

काठमाडौं । नेपाली चलचित्र उद्योगमा रुचाइएका जोडी हुन् प्रियंका कार्की र आयुष्मान देशराज । सो जोडी अभिनित नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । रियल लाइफमा जमेको यी जोडिले इन्गेजमेन्ट गरिसकेका छन् । सो म्यूजिक भिडियोको कथामा भने प्रियंकाले आयुष्मानलाई धोका दिएको कथा क्रियसन गरिएको छ । बजारमा उदयमान चर्चित गायक मोहन राईको भर्खरै रिलिज भएको गीत ‘मायाको खेल, आसुको भेल‘’ को म्युजिक भिडियोमा प्रियंका कार्की र आयुष्मानबीच प्रेम सम्बन्ध यस्तो देखाइएको हो ।
हाइलाइट नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीत संगितप्रेमिहरुले रुचाएका छन् । दिपेन्द«नाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतमा राजेन्द्र महर्जनले निर्देशन गरेका छन् ।
सो निर्मित भिडियोले अहिलेको आधुनिक युवाहरुको कथा दर्र्शाएको भान् हुन्छ । बाटोमा लिफ्ट मागिरहेकी अवस्थामा आयुष्मानले प्रियंकालाई भेट्छ । त्यहि भेटले नै पेन्टर आयुष्मानको दिलमा हलचल आउँछ । उनले प्रियंकाका तस्विर क्यानभाषमा उतार्छन् । हातले कोरेको चित्रभन्दा मनको क्यानभाषमा गहिरो तस्विर बनिसकेको थाहा नै हुन्न र त डान्सबारकी नृत्याङ्गानामा प्रियंका कै छायाँ भेट्छन् । जब प्रेम प्रस्ताव गर्छन प्रियंकाबाट रिजेक्ट हुन्छ । यसरी उत्साह र सयोगान्तबाट सुरु भएको कथा अन्तमा वियोगान्तमा टुंगिन्छ ।
गीतको भाव अनुसार भिडियो पनि निर्माण भएकाले संगीतप्रेमीहरुबाट राम्रो प्रतिक्रिया आईरहेको गायक राईले बताए

https://youtu.be/tBGibNmZf7I?t=33t=33

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार