१३ औं सागमा नेपालले इतिहास रचदै

0 Shares

काठमाडौं । दक्षिण एसियाली खेलकुद ९साग० को १३ औं संस्करणको कराँतेको व्यक्तिगत स्पर्धामा सुनिता महर्जनले स्वर्ण पदक जितेपछि यो सागमा नेपालको स्वर्ण संख्या २१ पुगेको छ ।

तेस्रो दिन सुनिता, सन्तोषी श्रेष्ठ, विजय सिञ्जाली, सुस्मिता तामाङ, हिमाल टमटा र नवीन रसाइलीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन । १३ औं सागको दोस्रो दिन नेपालले १५ स्वर्ण जितेको थियो ।

यो सँगै नेपालले १३ औं सागमा आएर स्वर्ण संख्या एक सय पुर्‍याएको छ । १२ औं सागसम्ममा नेपालले कुल ७९ पदक जितेको थियो ।

नेपालले अहिलेसम्म १२५ रजत र २८० कास्य जितीसकेको छ ।

सन् १९८४ मा काठमाडौंमा आयोजित सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो । नेपालले १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो ।

१९९९ मा आयोजित सागमा नेपालले अहिलेसम्मकै सर्वाधिक पदक जितेको थियो । कराँते र तेक्वान्दो पहिलो पदक समावेश आठौं सागमा ३२ स्वर्णसहित समग्र प्रदर्शनमा नेपाल दोस्रो स्थानमा आएको थियो ।

२००४ मा पाकिस्तानमा आयोजित सागमा सात स्वर्ण जितेको नेपालले २००६ मा श्रीलंकामा आयोजित दशौं सागमा १५ स्वर्ण जितेको थियो ।

यसपटक तेस्रो दिन नै दशौं सागमा भन्दा बढी २१ स्वर्ण जितिसकेको छ । यो आठौं सागपछिको दोस्रो ठूलो सफलता हो ।

२०१० मा आठ र २०१६ मा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।

१३औं सागमा स्वर्ण पदक जितेका कराँते खेलाडीहरु ।
सदाबहार भारतीय दबदबा

नेपालबाट सुरु भएको सागमा भारतले सबैभन्दा बढी पदक जितेको छ । १२ औं सागसम्ममा उसले ११ सय स्वर्ण सहित कुल दुई हजार ८६ पदक जितेको छ ।

दोस्रो स्थानमा पाकिस्तान छ । उसको ३२९ स्वर्णसहित एक हजार १५१ पदक छ ।

२२० स्वर्ण, ३६० रजत र ५६२ कास्य जितेको श्रीलंका सागको समग्रतालिकामा तेस्रो स्थानमा छ ।

स्वर्ण, रजत र कास्य गरी पाँच सय रजत जितेको नेपाल समग्र प्रदर्शन चौथो स्थानमा छ ।

६८ स्वर्ण सहित कुल ६४७ पदक हात पारेको बंगलादेशले नेपाललाई पछ्याइरहेको छ ।

पहिलो सागदेखि नै निरन्तर सहभागी माल्दिभ्सले स्वर्ण पदको खाता खोल्न सकेको छैन । उसले अहिलेसम्म ४ र रजत ९ कास्य मात्रै जितेको छ ।

दुई स्वर्ण, १६ रजत र ५३ कास्य जितेको भुटान सातौं स्थानमा छ ।

२००४ मा पाकिस्तानमा आयोजित नवौं सागबाट सहभागीता जनाउन थालेको अफगानिस्तान समग्र अंक तालिकाको छैटौं स्थानमा छ । चार वटा साग खेलीसकेको अफगानिस्तानले २० स्वर्ण, २६ रजत र ५४ कास्य सहित कुल १०० पदक जितीसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार