बाहिङ जाति हुने आधारहरु के हुन त ?

  धिरेन सुस्तोचा बाहिङ
1.6k Shares

वर्तमान अवश्थामा १२ औं राष्ट्रिय जनगणनाको संघारमा समाजमा जल्दो बल्दो बहसकोरुपमा उठेका विषयहरुमा जाति हुने आधारहरु के के हुन सक्दछ । भन्ने विषय समाजमा भ्रमपूर्ण रुपमा छरिएको पाइन्छ । जाति हुनका लागि समाजशास्त्र, भाषासास्त्र, मानवशास्त्र, इतिहासको र भूगोलको दृष्टिबाट जाति हुने आधारहरु हेरिने गरिन्छ । जाति हुनका लागि मुख्य गरि भाषा नै मुख्य हो । जुन जातिको भाषा छ, त्यो जातिको प्रतिनिधित्व गर्ने गर्दछ । र भाषाशास्त्रीहरुका अनुसार “भाषा बाँचे जाति बाँच्द छ, जाति बाँचे संस्कार संस्कृति बाच्छ” भन्ने उत्ति नै जाति हुने आधार काफि छ । यसैलाई आधार मान्ने हो भने बाहिङ जातिको भाषा बाहिङ हो । यो भाषा पूर्खौ देखि निरन्तर बोलिदै आएको छ ।

त्यसैले भाषाशास्त्रीय आँखाले बाहिङ भाषा बोल्ने समुदाय बाहिङ जाति हुन भन्ने बाहिङ जातिले बाहिङ भाषा बोल्द छन । जस्तै तामाङ भाषा तामाङ जातिले बोल्दछन । दोस्रो जाति हुने आधारहरुमा समाजशास्त्रीय दृष्टिकोणबाट हेरिने गरिन्छ । समाजमा निश्चित मुल्य मान्यता सामाजिक संरचानको निमार्ण भएको हुन्छ । जुन समाजलाई संञ्चालन गर्नका लागि निर्देशित गरेको हुन्छ । बाहिङ समाजमा पनि अन्य समुदायको जस्तै सामाजिक संरचना र मुल्य मान्ताले समाजलाई बाँधेको हुन्छ । उदाहरणको लागि बाहिङ जाति भित्रको सामाजिक संरचना भित्र विभिन्न थरहरु रहेका हुन्छ जस्लाई बाहिङ भाषामा दोचा भन्ने गरिन्छ । बाहिङ भित्रका थरहरु सेचोचा, नाम्बेर्साचा, खारायुल्चा, मुपुचा, हजुपाचा, दिलिङ्बाचा, युम्बुचा, दिर्बुचा, रिनाम्साचा, रिपोचा, तोलाचा, थाम्रोचा, दुङ्मोचा, रोके, हंगुचा, तोनिमी, हलिन्दी, सुस्तोचा, मुनारी, चाङा, जैलुङ, पियाचा, हादिखाम्चा, दुफ्लोचा, म्र्यासाचा प्रोङ्मोचा, डेङ्पाचा, तर्कसे, खाल्से, लुतिचा, रल्लोचा, तेम्बोचा, फ्याक्तिचा लगायत अन्य थरहरु छन । यी थरहरुमा बाहिङ जाति भित्र विवाहवारी हुने गर्दछ । जस्तै सेचोचाको छोरी चेली तोलाचासँग विवाहवारी हुन्छ भने सेचोचा सेचोचा वा हजुपाचा हजुपाचा विच विवाहवारी हुदैन ।

यदि भएमा हाड्नाता लाग्ने समाजमा मुल्य मान्ता रहदै आएको पाईन्छ । यसरी नै बाहुन जातमा पनि कोईराला कोईराला थर भित्र विवाहवारी हुदैन तर कोईराला र उपाध्यय विच विवाहवारी हुने प्रचलन रहदै आएको छ । बाहुन जातमा अभ्यस्त रहेको गोत्र जस्लाई किरात बाहिङ भित्र पनि प्रत्येक थरको गोत्र हुने गर्दछ जस्लाई बाहिङ भाषामा दाप्सीनिङ् वा देप्चीनिङ् भनिन्छ । यो दाप्सीनिङ्ले मृत्यू संस्कार, विवाहसंकार र उपचार विधिमा ज्यदै महत्वपूर्ण भूमिका निभाएको हुन्छ । उदाहरणको लागि किरात बाहिङ भित्रका दिलिङबाचा थरको छोरी सुस्तोचा थरमा विवाहवारी गरिदा दुबै थरको दाप्सीनिङ् अनिर्वाय रहने गर्दछ । दिलिङ्बाचा थरको दाप्सीनिङः द्याम्नीवा दोरीबा वाबुलु वायुङ्मा र सुस्तोचा थरको दाप्सीनिङ् ओङ्कोलु खोरोपु साङाका लुरिपा बाराले हियुङ्मा नाम्रीङ्मा पिछले यी दुवै पक्षको गोत्रलाई पितृमा फलाकी केटा पक्ष र केटी पंक्षको पितृ गाँस्ने वैवाहिक सम्बन्ध गोत्रले अहम भूमिका खेलेको हुन्छ । यसरी हेर्दा समाजशास्त्रीय आँखाले बाहिङ जाति हो ।

त्यसै गरी मानव उद्विकासका सैद्धान्तिक आधार र यसले विकास गरेका नश्लहरुको गहन अध्ययन गर्ने मानवशास्त्र आफैमा जातिय विषय हो । सभ्यताको विकास संगै जातिका, नाता, रगत सम्बन्ध, सारिरिक बनौट अकृतिहरु र गुण पूर्खाहरुको अध्ययनसंग पनि जाति प्रजातिहरुको लेखा जोखा गर्ने गरिन्छ । यसरी मानवशास्त्रीय आँखाले हेर्दा बाहिङ जाति हो । अर्को तर्फ यी जातिका उत्पतिका कथा, पौराणिक कथनहरु, विभिन्न कालखण्डमा घटेका घटनाहरु सभ्यताको बिकास अलिखित इतिहासले पनि जातिका बारेमा सबुतहरु बोल्ने गर्दछ । यसर्थ बाहिङ जाति इतिहासको दृष्टिकोणबाट पनि जातिको रुपमा देख्न सकिन्छ । जातिको भूगोलसंग अन्यनोश्रृत सम्बन्ध रहेको पाईन्छ । प्राय एकै ठाउँहरुमा गोलबद्द रहेर जातिको बसोबास रहने गर्दछ । उदाहरणको लागि बाहिङ जातिको बसोबास बसाई सराई हुनु भन्दा अगाडी सोलुखुबुको दक्षिणी भेग र ओखलढुंगाको मध्यभागमा रहेको भूगोल किरात बाहिङ जातिहरुको भौगोलिकरुपमा क्लस्टर मिलेर बासोबास गरेको पाइन्छ । र सोहि माटो, हावा, पानी र जिवन शैलीमा बाँचेका पाईन्छ । यस मानेमा जाति हुने आधार उक्त भूगोलले पनि सिद्ध गर्दछ ।

जनगणना भनेको समुदायको जाति, भाषा, संस्कार संस्कृति समाजको आर्थिक र सामाजिक अवस्थाहरुको ऐना हो जस्ले समाजको अवश्था ऐना जस्तै छर्लङ्ग पार्ने गर्दछ । राज्यले यसै तथ्यङ्गको आधारमा ति जाति, भाषा र समुदायको सामाजिक, आर्थिक विकासमा आवश्यक योजना तर्जुमा हुने र राज्य ति समुदाय प्रति दायीत्व बोध गर्ने, महत्वपूर्ण महत्वपूर्ण आधार हुने हुदा, बाहिङ जातिले निशंकोच जातिमा बाहिङ, भाषामा बाहिङ, पूर्खौली भाषामा बाहिङ र धर्ममा किरात लेख्न जरुरी छ । जस्ले गर्दा बाहिङ जाति राज्यसंग सिधै जोडिनु भनेकै बाहिङ लेखेर जोडिनु हो नकि तालुकी राई लेखेर अरुको भरिया ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार