१३ औं साग फुटबलको फाइनलमा नेपाल प्रवेश, स्वर्ण पदकका लागि भुटानसँग भिड्ने

0 Shares

काठमाडौं । साविक विजेता नेपाल बंगलादेशलाई पराजित गर्दै १३ औं साग फुटबलको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा कम्तीमा बराबरी गर्नु पर्ने दबाबमा खेलेको नेपालले बंगलादेशलाई १–० ले हराउँदै १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरूष फुटबलको फाइनलमा स्थान बनाएको हो ।


नेपालले ११ औं मिनेटमा सुनिल बलको गोलमा अग्रता लिएको थियो । त्यही गोल नेपालको जितमा निर्णायक बन्यो । सुनिल बलले बायाँ भागबाट रिजन सुब्बा र कप्तान सुजल श्रेष्ठसंगको तालमेलमा गोल गरेका थिए । मध्य भागमा बल पाएका सुनिलले रिजनलाई पास दिएका थिए । रिजनले सुजललाई पास दिए । सुजलले बायाँ भागबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा पुगेका सुनिलले पोष्टको दिशा दिए ।
जितसँगै नेपालले राउन्ड रोबिन लिगको शिर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको छ । नेपालको १० अंक भएको छ । नेपालले अब स्वर्ण पदकका लागी २४ मंसीरमा भुटानसंग प्रतिश्पर्धा गर्नेछ । भुटानले शनिबार श्रीलंकालाई ३–० ले हराएर ९ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो ।
७० औं मिनेटमा अभिषेक रिजाल अग्रता दोब्बर बनाउनबाट चुके । पेनाल्टी बक्सबाट विपक्षी गोलकिपर अगाडि बढेको बेला अभिषेकले गरेको प्रहार आकाशिएको थियो । नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज माल्दिभ्ससँग खेलेको टोलीमा १ खेलाडी परिवर्तन गरेका छन् । नियमित खेलाडी विकास खवासलो स्थानमा छिरिङ गुरुङलाई मौका दिएका छन् ।
त्यस्तै अभिषेक रिजाललाई मिडफिल्डमा झारेका छन् भने सुजललाई फरवार्डमा खेलाएका थिए । कप्तान सुजल श्रेष्ठ घाइते भएर मैदान छाडेपछि बिक्रम लामाले अन्तिम १५ मिनेट नेपालको कप्तानी सम्हालेका थिए ।
इन्जुरी समयमा बंगलादेशका कप्तान जमल भुयानले नेपालका राजेश परियारको मुखमा हानेपछी रेफ्री राहुलकुमार गुप्ताले उनलाई दोस्रो पहेँलो कार्ड देखाउँदै रेड कार्ड देखाएर मैदान बाहिर पठाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार