१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

न्युजिल्यान्डले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने टोली



काठमाडौं । न्युजिल्यान्डले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ ।

केन विलिम्सनको कप्तानीमा न्युजिल्यान्डले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो ।

टोलीमा फिन अलन, ट्रेन्ट बोल्ट, मिचेल ब्रिसवेल, मार्क च्यापम्यान, डेवन कन्वे, लोकी फ्रगुसन, मेट मेनरी, डेरियल मिचेल, जिम्मी निसम, गिलेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल सान्तनर, इस सोधी र टिम साउथी छन् ।

योसँगै आगामी जुनमा हुने टी-२० विश्वकपका लागि टिम घोषणा गर्ने न्युजिल्यान्ड पहिलो टिम बनेको छ । न्युजिल्यान्ड विश्वकप खेल तालिकामा ग्रुप सी मा रहेको छ । पहिलो खेल जुन २४ मा अफगानिस्तानसँग खेल्दैछ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ०८ बजे