३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

परिवार पाल्नेभार संसार देख्न नसक्नेहरुका काढमा ।


२९ भाद्र २०७४, बिहिबार  

0
Shares

मोरङ, २९ भदौ । दृष्टिविहीन मानिसले के काम गर्न सक्छन् भनेर तपाईंलाई कसैले सोध्यो भने तपाईं सहजै जवाफ दिनुहुन्छ, केही गर्न सक्दैनन् । खान्छन्, घरमै बस्छन् ।

तर मोरङका एक दर्जन दृष्टिविहीनको हकमा भने यो जवाफ गलत हुन्छ । उज्यालो हुन नपाउँदै मोरङ लालभित्तीका ३२ वर्षीय दृष्टिविहीन गोविन्द राई भारतको जोगवनी हानिनुहुन्छ । त्यहाँ रु ५० हजार देखि ६० हजारको सामान किनेर ।

उहाँ नाम्लो लगाएर थाप्लोमा बोकेर नेपाल आउनुहुन्छ र नेपालका बजारमा ती सामान बेच्नुहुन्छ । एकपटक सामान ल्याएर बेच्दा रु दुई हजार कमाइ हुने उहाँको भनाइ छ । उहाँले आफ्ना बूढा भएका बुबाआमा, छोराछोरी पढाउने र भरणपोषण गर्दै आउनुभएको छ । संसार देख्न सक्नेहरु भन्दा सक्षम छन् ।

Sagarmatha

उहाँमात्र होइन, मोरङ तेतरीयाका दृष्टिविहीन ३० वर्षीय सरोज चौधरी, बेलबारीका दृष्टिविहीन अनिल चौधरी, रोशन ताजपुरीया, पथरीका दृष्टिविहीन अभिलेश कर्ण तथा सन्देश शर्मा भारतको जोगवनीबाट किराना सामान ल्याएर पसल पसलमा विक्री गरेर आफ्नो परिवार चलाइरहनुभएको छ ।

उनीहरुले भारतको जोगवनीबाट किरानाका सामग्री किनेर भरियाको जस्तो भारी बोकेर नेपाल आउनुहुन्छ र बजारबजारमा भरियाजस्तै गरेर पुगी चिनीलगायतका सामग्री केही सस्तोमा बेच्नुहुन्छ ।

उनीहरुले आफ्ना बूढा भएका बाबुआमा र छोराछोरी पाल्नुका साथै राम्रो स्कुलमा छोराछोरी पढाइरहेका छन् । भारी बोकेर रानी— विराटनगर सडकखण्डमा भेटिनुभएका सरोज चौधरी भन्नुहुन्छ, हामीजस्ता संसार नदेख्ने मागेर खान्छन्, हामीलाई माग्न लाज लाग्छ, त्यसैले भारी बोकेर भएपनि परिवार पालिरहेका छौँ ।गोविन्दले मेहनत गरेर दुवै छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएको छ ।

उनीहरुले किरानाका सामान बेचेरै छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउनुभएको हो । उहाँहरु जन्मँदै दृष्टिविहीन हुन् । आफ्नै भारी बोकेर जीविका चलाउने दृष्टिविहीन उहाँले बिए पास समेत पास गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहिबार  ४ : २५ बजे