मन बाहिङद्धारा प्राविधिक शिक्षा अक्षयकोषको लागि १ लाख ५१ हजार मुलुखिमलाई [भिडियोसहित]

  बुद्धवीर बाहिङ
231 Shares

काठमाडौं । बाहिङ किरात मुलुखिमका विशिष्ट संरक्षक सदस्य मन बाहिङ राईले प्राविधिक शिक्षा तथा सीप विकास तालिमको लागि १ लाख ५१ हजार १ सय ११ रुपीयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । बाहिङ किरात समुदायमा प्राविधिक शिक्षाप्रति आकर्षण बढाउनको लागि बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमितिको मातहतमा रहने गरी अक्षयकोषको स्थापना गरेको बताएका हुन् ।

बाहिङ किरात मुलुखिमको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशिष्ट संरक्षक बाहिङले अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । उक्त अक्षयकोषको मूलधनबाट वार्षिक रुपमा आउने ब्याजले बाहिङ समुदायका प्राविधिक तथा सीप विकास तालिम लिनेहरुलाई प्रदान गरिने पनि बाहिङले बताए ।
प्राविधिक शिक्षा वा तालिम लिएपछि कसैले बेरोजगार बस्नु पर्दैन । व्यवसायिक रुपमा कुनै न कुनै रुपमा स्वारोजगार तथा रोजगार पाउन सकिने भएकाले पनि अक्षयकोषको स्थापना गर्न उत्साहित बनेको विशिष्ट संरक्षक बाहिङले बताए । ‘मैले घोषणा गरेको जस्तै अक्षयकोष अन्य बाहिङहरुले पनि स्थापना गर्नेछन्,’ बाहिङले भने, ‘भविष्यमा बाहिङ किरात मुलुखिममा यस्ता धेरै अक्षयकोषहरु हुनेछन्, जसले गर्दा हाम्रा बाहिङ समुदायका उर्जाशिल विद्यार्थीलाई थोरै भएपनि आर्थिक सहयोग हुनेछ ।’
https://www.youtube.com/watch?v=L1MuCPQhO_E&feature=youtu.be
सम्मेलनमा मुलुखिमले बाहिङलाई विशिष्ट संरक्षक सदस्यको प्रमाणपत्र समेत प्रदान गरेको छ । विशिष्ट संरक्षक सदस्यको प्रमाणपत्र लिएपछि संस्थाप्रति थप उत्तरदायित्व बढेको बाहिङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार