रेडियो साल्पाको अध्यक्षमा भद्रगोल किराती

497 Shares

सोलुखुम्बु । सामुदायिक रेडियो साल्पा ९२.२ मेगाहर्जको सञ्चालक समितिको अध्यक्षमा भद्रगोल किराती सर्वसम्मतले निर्वाचित भएका छन् । ग्रामिण विकास समाज नेपालले सोलुखुम्बुको अधिवेशनले किरातीलाई अध्यक्षमा सर्वसम्मतले निर्वाचित गरेको हो ।

दुर्गम गाउँ सोताङबाट सञ्चालनमा रहेको रेडियो साल्पा जिल्लाको दक्षिणी पूर्वी भूभागमा सुनिन्छ । अधिवेशनले दिएको जिम्मेवारीमा सदा लागिरहने नवनिर्वाचित अध्यक्ष किरातीले बताए । ‘जिम्मेवारीमा खरो उत्रने बाचा मात्र होइन, कर्ममा विश्वास गर्नुहुन अनुरोध गर्दछु ।’ अध्यक्ष किरातीले भने, ‘हिजोको दिनबाट पाठ सिक्दै आगामी कामहरु गर्नेछौं ।’
सञ्चालक समितिको सचिवमा विजय नाछिरिङ्ग राई र कोषाध्यक्षमा प्रकाश कार्की सर्वसम्मतिले निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा गीता गुरुङ (राई), हर्कबहादुर राई, भक्त दाहाल र बलुकुवीर नाछिरिङ्ग सर्वसम्मतले निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार