एसईईको रिजल्ट असार १० गतेसम्म सार्वजनिक हुने !

0 Shares

काठमाडौ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरिरहेको छ । परीक्षा बोर्डले यही असार १० गतेसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको हो ।


अघिल्लो वर्षको तुलनामा केही ढिला भएको बोर्डका कर्मचारीले बताए । गएको वर्ष असार ९ गते नतिजा प्रकाशित भएकोमा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगीत गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेकाले रिजल्ट आउन गर्न केहि दिन ढिला भएकको हो । साथै कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ ।
देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । गएको चैत १० गतेबाट शुरु भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार