भ्वाईस अफ नेपाल सिजन टूको ताज राम लिम्बुलाई

7 Shares

काठमाडौं । सांगीतिक अन्तराष्ट्रिय रियालिटी शो द भ्वाईस अफ नेपाल सिजन टूको ताज राम लिम्बुले जितेका छन् । शनिबार भएको ग्य्रान फिनालेमा झापाका राम लिम्बुले सबैभन्दा बढि दर्शकको भोट ल्याउँदै द भ्वाईस अफ नेपाल सिजन टूको ताज पहिरिएका हुन् ।


ब्लाईण्ड अडिसनमा टिम दिपमा गएका राम स्टील भएर टिम प्रमोदमा आएका हुन् । द भ्वाईस अफ नेपाल सिजन वानको ताज पनि स्टील भएका सिडी विजय अधिकारीले जितेका थिए । अघिल्लो वर्ष भएको भ्वाईस अफ नेपालमा टिम प्रमोदबाट आउट भएका अधिकारीलाई स्टील गरी आफ्नो टिममा लिएका थिए ।
द भ्वाईस अफ नेपालको ताज रामले जितेपछि उनको गृह जिल्ला झापामा खुशियाली मनाइएको छ । रामलाई भोट गर्ने विश्वभरिका दर्शकहरुले पनि खुशियाली मनाईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार