२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मुख्यमन्त्री कार्कीले २९ गते विश्वासको मत लिने



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् ।

नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम नियुक्त माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभा सचिवालयका सचिव गोपाल पराजुलीले विश्वासको मत लिने प्रयोजनका लागि मिति पुस २९ गते ११ः०० बजे विश्वासको मत प्राप्त गर्ने सूचना टाँस भएको बताए ।

मुख्यमन्त्री कार्की ६० जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका हुन । उनलाई एमालेका ४०, माओवादीका १३ राप्रपाका ६ र जसपाका १ जना सांसदको समर्थन रहेको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : ३० बजे