काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुक्रबार काठमाडौंका विभिन्न स्थानमा राजावादी समूहले गरेको हिंसात्मक गतिविधिको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेको छ। एमालेका महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा तीनकुने, कोटेश्वर, जडीबुटी लगायतका स्थानमा राजावादी प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेको, निजी तथा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको भन्दै कडा आलोचना गरिएको छ। विज्ञप्तिमा राजावादी समूहको…