कहिल्यै नहार्ने नाम्गेलजाङ्बु, जसलाई भाग्य र सफलताले साथ दिईरह्यो

  सगरमाथा अनलाईन
483 Shares

सोलुखुम्बु । मुलुकमा संघियताको पूर्ण कार्यान्वयनका लागि २०७४ सालमा ऐतिहासिक पहिलो स्थानीय तहको निर्वाचन हुँदै थियो । एक नगरपालिका सहित ८ वटा पालिका रहेको हिमाली जिल्ला सोलुखुम्बुमा चुनावको सरगर्मी बढ्दो थियो । जिल्लाको एक मात्र नगरपालिकाको पहिलो मेयर हुने चाहाना सबैलाई हुनु स्वभाविकै हो । त्यही आकाँक्षिहरुको भीडमा सबैलाई उछिन्दै ३३ वर्षे ठिटो नेपाली काँग्रेसबाट टिकट लिएर चुनावमा होमियो । तत्कालिन समयमा राजनीतिमा अपरिचित नाम नाम्गेलजाङ्बु शेर्पालाई चुनाव जित्न कुनै किसिमबाट पनि सहज थिएन ।

टिकट लिएकै दिन पार्टी भित्रका अन्य आँकाक्षिहरुको चरम असन्तुष्टि अनि घेराबन्दि, नेकपा एमालेको राम्रो संगठन, अनि एमालेबाट संसदीय चुनावमा समेत पटकपटक उम्मेदवार बनेका झलक शेर्पाको सामाना, यी तीन वटै चुनौतिका पहाड नाम्गेलका सामु दरिलो रुपमा खडा भएका थिए । समाजसेवामा लामो समयदेखि क्रियाशिल, शिक्षित र जोसिलो युवा नाम्गेलका लागि पार्टी नेता आङगेलु शेर्पाको काँध अनि कार्यकर्ता र जनताको अधिक साथका कारण चुनाव विजयमा परिणत भयो । टिकट लिएर आउँदै गर्दा को हुन् नाम्गेल ? हामी चिन्दनौ भन्ने नगरबासिको प्रश्नको जबाफ उनले एक साता पछि पहिलो ऐतिहासिक मेयर बने । एमालेका दरिलो नेता झलक शेर्पालाई डेढसय मतले हराएर मेयर बनेका उनलाई भाग्यले पनि साथ दिएको चर्चा भयो । अनि धेरैले उनलाई भाग्यमानिको संज्ञा दिए । उनी पहिलो मेयर मात्रै भएनन्, सिंगो जिल्लामा नेपाली काँग्रेसबाट पालिका प्रमुख जित्ने एक मात्र सफल उम्मेदवार भए । उनले पहिलो कार्यकालमा सिंगो जिल्लाका काँग्रेसहरुको साथ र सहानुभुति पाए । युवा जोस अनि विदेशी दातृनिकाहरुसँग परियोजना संचालन गरेको लामो अनुभव उनका लागि नगरपालिका संचालनमा सहयोगी बने । उनलाई सफल पार्न अहोरत्र योजना र निति निर्माणमा खट्ने टिमको पनि कम योगदान भने छैन ।

उनले सोलुदुधकुण्ड नगरपालिकामा एक पछि अर्का राम्रा कामहरु गर्दै गए । विकास निर्माणमा नयाँ नयाँ मोडलहरु लागु गरे । भ्रष्टाचार रहित पालिका बनाउँदै शुसासनमा जोड दिए । जनताको घरघरमा गए र आफुलाई जनप्रतिनिधिकै पर्याय बनाउन सफल भए । खास गरि उनी प्रतिपक्षिदलका नेताहरुसँग कडा टक्कर गर्न सक्ने र आफ्ना कार्याकर्ताको संरक्षण गर्न सक्ने छवि सार्वजनिक रुपमा उजागर गर्न सफल बने । एक समय उनले यस्तो छवि बनाएकी विपक्षि सँग लड्न सक्ने काँग्रेसभित्र नाम्गेल मात्रै रहेछ भन्ने । नाम्गेलजाङ्बु नगरप्रमुख रहेकै बेला नेपाली काँग्रेस अधिबेशनमा होमियो । प्रदेश अधिबेशनहरु सम्पन्न भए । जिल्ला अधिबेशनमा पनि बलबहादुर केसी र आङगेलु शेर्पाको दुई वटा प्यानल चुनावमा होमियो । बलबहादु प्यानलले हेभिवेट क्याण्डिडेटको रुपमा निवर्तमान सभापति विनोद बस्नेतलाई अगाडी सा¥यो भने आङगेलु शेर्पाको संस्थापन समूहले सभापति पदका लागि तिनै नगरप्रमुख नाम्गेलजाङ्बुलाई अगाडी सा¥यो । धेरै काँग्रेसीले अनुमान गरे विनोदले कर्लप्पै निल्छ, ठाडै विनोद जित्छ, नाम्गेल अत्यन्तै कमजोर उम्मेदवार हो । पहिलो चरणको नतिजा नआए पछि करिब १ हजार क्षेत्रीय प्रतिनिधिहरुका विचमा दोश्रो चरणका लागि सभापति पदमा विनोद र नाम्गेलको भिडन्त भयो । पहिलो चरणमा १० मतले नाम्गेल पछि परेका थिए । अनि धेरैले दोश्रो चरणमा नाम्गेल ५०-६० मतले हार्ने विश्लेषण गरे भने केहीले नाम्गेल झिनो मतले जित्ने अड्कलबाजिहरु गरे । अनि यो पङ्तिकारसँग एक जना बौद्धधर्मगुरुले भने नाम्गेल राजग्रह परेको भाग्यमानि मान्छे भएकाले भारी मतले चुनाव जित्ने ठोकुवा गरे । धर्मगुरुकै भाषा सापटि लिँदा, ‘नाम्गेलले उठेका कुनै चुनाव हार्दैन, उनको ग्रह बलियो छ ।’ अन्त्यमा दोश्रो चरणको चुनावमा करिब डेढ सय (१५०) मतको अग्रता कायाम गरेर काँग्रेसको जिल्ला सभापितमा निर्वाचित भए । ५ बर्ष अगाडी भागबण्डामा बल्लतल्ल एउटा टिकट पाएका नाम्गेलजाङ्बु ५ बर्ष पछि जिल्लाभरिको टिकट बाड्ने ठाउँमा पुगेर सिंगो जिल्लाको चुनावी कमाण्डाको नेतृत्व गरिरहेका छन् ।

जिल्लाको विकट गाउँमा गरिब परिवारमा जन्मिएका नाम्गेल सानै उमेरमा आफ्ना पिता गुमाएर टुहोरो बने । बाल्यकाल चौरीगोठमै विताएका उनले अध्ययनका लागि धेरै संघर्ष गरे । विदेशीको भारी बोकेर उच्च शिक्षा अध्ययन गरेका नाम्गेलजाङ्बुले अध्ययन पछि भने मेहेनतका साथ विदेशी परियोजनाहरु संचालन गेर । समाजसेवा र राजनितिलाई संगसँगै लगे । विद्यार्थी रजनितिमा पनि उनी कहिल्यै हारेनन् । शेर्पा विद्यार्थी मंच र नेविसंघको राजनितिमा जहिल्यै विजेताको मात्रै छवि बनाए । उनले एक दिन पनि हार्नु परेन, जीवनमा । भाग्य र सफलताले उनलाई सधैँ साथ दिईरह्यो । यो पटक पनि दोश्रो कार्यकालका लागि उनी मेयरको उम्मेदवार बनेका छन् । पहिलो कार्यकालमा जनप्रयि काम गरि भौतिक र मानवीय विकासमा छलाङ मारेका उनले यो पटक पनि नगरपालिकाको मुहार फेर्ने दर्जनौ परियोजना घोषणा पत्र मार्फत अगाडी सारेका छन् । नगरपालिकामा कृषि क्षेत्रमा ५० प्रतिशत अनुदान, हेरक वडामा विद्युतीय नगरबस चलाउने, आन्तरिक श्रोत बढाउन साँढे ३ मेगावाटको आफ्नै जलविद्युत आयोजना संचालन गर्ने, दुधकुण्डपोखरीसम्म सडक विस्तार, विश्वकै अग्लो बुद्धमुर्ति निर्माण, पुर्वको मनाकामना भनेर चिनिने ज्वालामाई मन्दिर देखि पिके डाँडासम्म केवलकार निर्माण गरि पर्यटक बढाउने, सुत्केरी भत्ता र चेली बचत खाता कार्यक्रम जस्ता प्रतिबद्धताका साथ उनी जनताको घरदैलोमा भोट मागिरहेका छन् । हरेक वडामा सामाजिक छवि भएका वडा अध्यक्षका उम्मेदवार, आफ्नो समुदायमा पक्कड भएकी उपमेयरको उम्मेदवार अनि विगतमा उनले गरेका राम्रा काम र भावि योजना उनको फेरी जित्ने दरिला आधार रहेको विश्लेषण हुन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार