हराएका ९ लाख किरात र राई यायोक्खा नामक एनजिओका १० औं महाधिवेशन

  निनाम कुलुङ ‘मंगले’
805 Shares

सुरुमा राई के हो ? कुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, लोहोरुङ, चाम्लिङ, खालिङ, नाछिरिङ, बान्तावा, याम्फु, आठपहरिया के हो ? भन्ने धेरैले थाहा पाएका थिएनन् । त्यसैले विसं २०४६ सालको राजनैतिक परिवर्तनपछि कुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, लोहोरुङ, चाम्लिङ, खालिङ, नाछिरिङ, बान्तावा, याम्फु, आठपहरिया लगायत किरातीहरु संगठिन हुने क्रममा राई ! को नाममा संगठित भए । यसै क्रममा विसं २०४७/०४८ देखि संस्था दर्ता ऐन–२०३४ अन्तर्गत दर्ता भए, कथित् राई जातिको नाममा । तर, राई यायोक्खा नामक एनजिओ तत्कालीन हर्ताकर्ता राई सर राईनी म्याडमहरुले कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा, संस्कार, संस्कृति, रीतिथिति, भेषभुषालाई कथित् राई जातिको भन्दै कुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, लोहोरुङ, चाम्लिङ, खालिङ, नाछिरिङ, बान्तावा, याम्फु, आठपहरिया सबैसबै समुदायलाई लाद्न थाले । हुन पनि यो पंक्तिकार स्वयम्ले पनि आमाको गर्भमा हुँदैदेखि राई जात वा जाति थिएन भनी जानेर बुझेर आएको हो ! भनी दावी गर्दैन ।

जे होस्, राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा, संस्कार, संस्कृति, रीतिथिति, भेषभुषालाई कथित् राई जातिको भन्दै कुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, लोहोरुङ, चाम्लिङ, खालिङ, नाछिरिङ, बान्तावा, याम्फु, आठपहरिया सबैसबै समुदायलाई लाद्ने क्रम विसं २०६२/०६३ को दोस्रो जनआन्दोलनसम्म पनि जारी थियो । अभैm पनि कतैकतै र संभव भएसम्म कथित् राई जातिवाला राई सर राईनी म्याडमहरुले यो क्रम जारी राखेका छन्, जारी राख्ने कोसिस गर्छन् । जस्तो कि, एउटा मात्रै उदाहरण हेरौं । विसं २०६२ मा तत्काली श्री ५ को सरकार, शिक्षा मन्त्रालय अन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रमा कुलुङ मातृभाषाको पाठ्यक्रम निर्माण/विकास गर्ने क्रममा कथित् राईवाला सर म्याडमहरुले कुलुङ मातृभाषाको टाउकामा राईको फुर्को झुन्ड्याउनै पर्ने÷राईको सिङको भारी बोक्नै पर्ने भनी अड्डी कसे । तर, त्यो कुरो कुलुङ समुदायका अगुवाहरुले कुनै हालतमा स्वीकार गरेनन् । अन्तमा राई यायोक्खाका तत्कालीन अध्यक्ष एमबीई कुलबहादुर राईले ‘तिमी कुलुङे ढाक्रेहरु, कोदो ढिडो खान नपाउनेहरु, अहिले १/२ जना काठमाण्डौ आएर फुर्ति लाउने ? पर्ख, तिमी कुलुङे ढाक्रेहरुलाई कुलुङे नै लगाएर ठीक पार्छु !’ भनेका थिए । संयोग कस्तो पर्यो भने, त्यही सेरोेफेरोमा सुरुमा हामीलाई ‘राई जात होइन, पगरी मात्रै हो’ भनी पढाउने, सिकाउने भुपध्वोज थोमरोसले नै बाल बोलीमा भन्नुपर्दा ‘आची’ खाए । अर्थात् हिजोसम्म हामीलाई राई जात होइन, नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पगरी वा भनौं पदवी मात्रै हो भनी पढाउने, सिकाउने भुपध्वोज थोमरोस नै राई भए । उनी राई भएका मात्रै होइन, उनी कथित् राई हुने बित्तिकै राई यायोक्खा नामक एनजिओले मदनेश्वरी–मदनश्वरी राईको नाममा गठन गरिएको १० हजार राशीको नगद पुरस्कार पनि पाए । तर, समय एकै नासको कहाँ हुन्छ र ? राई यायोक्खा नामक एनजिओ तत्कालीन हर्ताकर्ता राई सर राईनी म्याडमहरुले कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा, संस्कार, संस्कृति, रीतिथिति, भेषभुषालाई कथित् राई जातिको भन्दै कुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, लोहोरुङ, चाम्लिङ, खालिङ, नाछिरिङ, बान्तावा, याम्फु, आठपहरिया सबैसबै समुदायलाई लाद्न थालेपछि राई यायोक्खाको धरानका संस्थापकमध्ये एक स्वर्गीय कृष्णबहादुर गान्खु कुलुङ फोपाले कुलुङहरुको अलग्गै संस्था गठन गरे । त्यसपछि विसं २०५७/०५८ तिर कुलुङ समुदायका अगुवाहरु भेला भएर संस्थागत रुपमै राई हटाएर कुलुङ मात्रै लेख्ने निर्णय गरे ।

हुन पनि त्यो बेला अवस्था कस्तोसम्म थियो भने, कथित् राई जातिको भाषाको पाठ्यक्रम भन्दै कुलुङ, बाहिङ, थुलुङ, चाम्लिङ, लोहोरुङ, मेवाहाङ, आठपहरिया, ओम्बुले/वाम्बुले लगायत जातीय स्वपहिचान भएका जातिहरु (हाम्रो तिर जस्तै तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम आदि जिल्लामा चौरासे राई भनेर चिनिन्छ) को बहुल गाऊँमा पनि बान्तावा भाषाको पाठ्यक्रम पठाउँथे/पढाउँथे । सोलुखुम्बु, ओखलढुंगा, उदयपुर लगायत जिल्लामा त त्यसरी राई जातिको भाषाको पाठ्यक्रम भन्दै पठाएको बान्तावा भाषाको पाठ्यक्रम बर्षौंसम्म कुहिएर वा भनौं कीरा परेर/ढुसी परेर/सढेर गएको थियो । अर्को अचम्म के भएको थियो भने, विसं २०६२/०६३ को परिवर्तनपछि सोलुखुम्बुको एक एफएममा कथित् राई जातिको भाषाको कार्यक्रम भनी बान्तावा भाषाको कार्यक्रम बजाइयो । त्यसपछि प्रभाव मूल्यांकनका लागि प्रश्न सोधियो । तर, धेरैले सो कार्यक्रम सुन्दै सुनेनन् । सुन्ने केहीले पनि बुझेनन् । तर, राई यायोक्खा त एनजिओ न थियो, त्यसैले उसलाई स्रोताले कार्यक्रम सुनुन् कि नसुनुन् । बुझुन् कि नबुझुन् । खासै मतलब थिएन । उसलाई त कार्यक्रम गर्नु थियो, पैसा पचाउनु थियो । बस सक्कि गो !
माथिको केही लामो भूमिका लेख्नुको खास कारण भनेको त्यही फागुन १८, १९ र २० गते सुनसरी जिल्लाको धरानमा कथित् राई जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ’को १० औं महाधिवेशन हुँदैछ । त्यसो त कथित् राई जातिका मान्छेहरुले खोलेको एनजिओको मात्रै नभएर प्रायः सबै राजनैतिक दल, तिनका भातृ संगठन, आइएनजिओ, एनजिओ, संघ-संगठन, क्लब आदिको नियमित कार्यभित्रै पर्छ । त्यो ठूलो कुरो भएन ।
तर, अब कतिथ् राई जातिको नाममा कुलुङ लगायत २२ भन्दा बढी किराती जातिहरुलाई दलनमलन गर्दै आएकोमा राई यायोक्खाका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले सबैभन्दा पहिले क्षमा याचना गर्नुपर्ने देखिन्छ । उनीहरुको भाषा, संस्कार, संस्कृति, रहनसहन, रीतिथिति, भेषभुषा आदिमा पुर्याएको क्षति र हामी को हौं ? भनी कुनै पनि समुदाय स्वयम्ले गर्ने स्वपचिानको अधिकारलाई, आत्मनिर्णयको अधिकारलाई कुल्चेकोमा वा भनौं तिमीहरु कुलुङ होइनौ, राई हौ । नभए तिम्रो नागरिकतामा के छ ? हेर ! तर्साउन खोजेको वा भनौं तर्साएकोमा, कुलुङहरुले भने वास्तवमा राई के हो ? भन्ने बारेमा प्रस्टसँग बुझेकोले उनीहरु नतर्सिएकोमा ‘नबजे बाँसुरी, नरहे बाँस’ भनी कुलुङका अगुवाहरुलाई सिध्याउन कन्धनी कसेर लागेकोमा पनि क्षमा याचना गर्नुपर्ने देखिन्छ ।
त्यस्तै अब राई यायोक्खा नामक एनजिओले आप्mनै (राईको !) मौलिक भाषामा आप्mनो संस्थाको नाम के राख्ने ? भन्ने विषयमा पनि १० औं महाधिवेशनमा भाग लिन आएका प्रतिनिधि र पर्यपेक्षकहरुमाझ हुने बन्द सत्रको क्रममा छलफल र बहस गराउनु पर्छ । किनभने, यो पंक्तिकारलाई थाहा भएअनुसार यायोक्खा भनेको बान्तावा जातिको भाषा हो । र, यायोक्खा भनेको वा भनौं यायोक्खाको शाब्दिक अर्थ के हो ? यो पंक्तिकारलाई थाहा हुने कुरो पनि भएन । त्यसैले सबैभन्दा पहिले त नामको लागि नै राई सर राईनी म्याडमहरुले छलफल र बहस गरेर, निचोड निकालेर नाम टुंगो लगाउनु पर्ने हुन्छ । ज्ञातव्य छ, यो दुनियाँमा नाम बिनाको त केही पनि हुँदैन ! छैन !! हुन त सुनिएर अनुसार राई यायोक्ख फलोस् फुलोस् भनेर शुभेक्षा राख्ने कयौं राईहरु मध्ये २ दर्जनभन्दा बढी राई सर राईनी म्याडमहरुले त विभिन्न विषयमा डाक्टरी नै पास गर्नु भएको छ । त्यसमध्ये कति त भाषा विज्ञानमै डाक्टरी गरेका नामुद डाक्टरहरु पनि छन् । जस्तै डाक्टर नोवेलकिशोर राई !, डाक्टर तारामणि राई !, डाक्टर … राई ! डाक्टर … राई ! डाक्टर … ! डाक्टर … राई ! … कति हो कति ???
तर, यी डाक्टरहरु मध्ये कोही विसं २०६८ को राष्ट्रिय जनगणनामा कथित् राईको भाषा विसं २०५८ को भन्दा आधा भन्दा पनि बढी घटेपछि (स्मरण रहोस्, विसं २०५८ को राष्ट्रिय जनगणनामा ३ लाख ७१ हजार जानचुन राई भाषा उल्लेख भएको थियो भने विसं २०६८ को राष्ट्रिण् जनगणनामा १ लाख ५९ हजार चानचुन मात्रै राई भाषा तथ्यांक उल्लेख भएको छ) ३ दिन ३ रात निन्द्रा नलाग्न्े राई डाक्टरहरु छन् । कोही विसं २०६८ को राष्ट्रिय जनगणनामा भाषिक संख्याको रुपमा मात्रै उल्लेख भएको दुमी, तिलुङ, कोयु आदि भाषीहरुको भाषिक संख्यालाई नै उनीहरुको जनसंख्या हो भने भैंmँ गरी दिउँसै रात पार्दै विभिन्न लेख, रचना वा भनौ कथित् अध्ययन-अनुसन्धानमा उल्लेख गर्ने डाक्टर राईहरु छन् । त्यसैले, यी डाक्टर राईहरुलाई अब हुँदै नभएको राई ! भजाएर खाने दिन गएछ !! भन्ने चेत खुल्दै गएको देखिन्छ । नभए त किन ३ दिन ३ रात निन्द्रा नलाग्ने रोगले भेट्थ्यो र ? जबकि विसं २०६८ मा दुमी, कोयु, चौरासे–ओम्बुले–वाम्बुले, तिलुङ आदि को जातीय जनसंख्याको तथ्यांक नै आएको छैन ।
सायद त्यसैले पनि होला, यी डाक्टर राईहरु मध्ये केही बढी नै चलाख डाक्टर राईहरुले नभएको राई छ भनेर हिँड्नु भन्दा वास्तविक तस्बीरमा भएको तर, विसं २०६८ को जनगणनामा जातीय जनसंख्यामा उल्लेख नभएको भए पनि दुमी, कोयु आदिलाई देखाएर यसो आपूm सुरक्षितसँ हिँड्ने बाटो बनाउँदै गरेको ! हुन पनि बरु कुलुङ लगायत अन्य १२ वटा किराती जातिहरुको भने विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातीय जनसंख्या उल्लेख भएको छ । तै पनि कोही … गर्ने डाक्टर राईहरु, कोही … गर्ने डाक्टर राई/राईनीहरुको कमी छैन, यहाँ । माथि उल्लेख भएको जाति र भाषाको सम्बन्धमा लेखिएको प्रसंग विसं २०६८ को राष्ट्रिय जनणनामा आधारित छ । तर, पनि जनसंख्या र भाषाको सम्बन्धमा यो पंक्तिकारलाई नै विश्वास गर्नु पर्छ भन्ने छैन । त्यसैले यस विषयमा चासो राख्ने महानुभावहरुले केन्द्रीय तथ्यांक विभागमा गएर-आएर सम्पर्क गर्दा भैहाल्छ । अथवा सूचना र सञ्चारले फड्को मारेको यो युगमा गुगल मा खोज्दा पनि भैहाल्छ ।

आखिरमा राई यायोक्खासँग कै छैन ? विद्घानमा विद्घान छन्, पैसामा पैसा छ । … छ …. छ । त्यसैले यो कुलुङे ढाक्रेको सुझाव मानेर राईको छुट्टै मातृभाषा, ऐतिहासिक भूमि, प्रमाणित र भर पर्दो इतिहास, आप्mनै मौलिक भेषभुषा, मौलिक संस्कार र संस्कृति पत्ता लगाउन वा भनौं राईको ‘युनिक’ पहिचान यो हो ! भनी भन्न सक्नु पर्यो । नभए, कथित् राई जातिको नाममा पैसामा उठाएर मोजमस्ती गर्ने र राईको नाममा ताहुर माहुर गर्ने दिन धेरै बाँकी नरहला कि ? किनभने मान्छेको चेतनास्तर पछाडि फर्केको इतिहास बिरलै मात्रै भेटिन्छ ।
हो, सुरुमा कुरो नबुभ्mदा वा इतिहास के भन्ने थाहा नहँुदा किरातीहरुमा नामको पछाडि राई लेख्न तँछाड, मछाड भएकै हो । खासगरी भूमिसुधार ऐन र नागरिकता ऐन आएपछि हामी कुलुङहरुले मात्रै नभएर प्रायः सबै किरातीहरुले असली वा भनौं तालुकदार ‘राई !’ भन्दा ठूलो हुन नामको पछाडि राई लेख्न तँछाडमछाड गरेर लाग्यौं । यसरी जानी-नजानी हामी आपैm राईकरणको मारमा पर्याैं । अथवा भनौं त्यो बेला असली राईहरु, जसलाई त्यो बेला जिम्मावाल/तालुकदार भनेर पनि चिनिन्थ्यिो उनीहरुभन्दा पनि ३ बित्ता अगाडि उफ्रेर नामको पछाडि “राई !” लेख्न हामफालेर लाग्यौं ! अनि अहिले आएर जातीय स्वपहिचानको संकटमा आपैm फस्यौं । नत्र भने कुनै पनि एक जातिको २२, २३, २४, २५, २६, २७, २८, वटा मातृभाषा हुन्छ ? कोही पनि राई त्यस्तो छ, जसले २२, २३, २४, २५, २६, २७, २८, वटा भाषामा खररर … बोल्न सकोस् ?
अन्तमा राई यायोक्खा एक धनी र पैसावालहरुको एनजिओ पनि भएकोले इतिहासमा नौ लाख किराती थिए भन्ने जुन भनाइ वा तथ्यहरु पढ्न पाइन्छ, ती नौ लाख किरातहरु बढेर आज कम्तिमा पनि २७–३७ लाख हुनुपर्ने होइन ? कता हराए, वा कहाँ गए ती नौ लाख किरातका सन्तान-दरसन्तानहरु ? त्यसैले यो विषयमा पनि राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले सोधखोज गर्ने, अनुसन्धान गर्ने र, तथ्य, तथ्यांक र प्रमाणहरुसहित दस्तावेज तयार गर्नेतर्पm पनि कदम चालोस्, आप्mनो महाधिवेशनमा आएका प्रतिनिधि र पर्यपेक्षकहरुमाझ बहस र छलफल चलाओस् भन्ने यो केही नजान्ने कुलुङे ढाक्रे ! को आग्रह छ । ओलोनुव ।  kehinajannekulung@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार